विपन्न परिवारलाई लायन्सको सहयोग

कमल ,कात्तिक २४÷ कमल गाउँपालिकाका एक विपन्न परिवारलाई लायन्स क्लव अफ केर्खा र लिओ क्लव अफ केर्खाले नगद तथा खाध्यन्न सहयोग गरेको छ ।
गाउँपालिकाको वडा नम्वर ३ केर्खा निवासि गोपी वहादुर विमाल (धिमाल कान्छा) लाई लायन र लिओ क्लवको अगुवाईमा स्थानिय वासीका तर्फ बाट समेत सहयोग प्राप्त भएको थियो ।
आर्थिक रुपम अत्यन्तै कमजोर धिमाल परिवारलाई नगद २० हजार का साथै ५ हजार ८ सय ५ रुपैया बरावरको चामल, दाल, तेल, फलफुल लगायतका खाध्यन्न समाग्री गरि जम्मा २५ हजार ८ सय ५ रुपैया सहयोग प्रदान गरेको लायन्स क्लव अफ केर्खाका अध्यक्ष देवेन्द्र दाहालले जानकारी दिनुभयो ।
धिमालकी २२ वर्षिय छोरी रोजिना धिमालको मृत्यु भएको तेश्रो दिन वाहाँको निवासमा पुगेर नगद तथा खाध्यन्न सहयोग गरेको क्लवले जनाएको छ ।

No posts found.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker