कोभिड १९ को संक्रमण हटे सगै आन्तरिक पर्यटन र बनभोज खान जानेहरुको चहलपहल सुरु

उमानाथ भण्डारी

No posts found.

कमल ,कात्तिक २२÷ कोभिड १९ को संक्रमण बाट आफ्ना जनतालाई जोगाउन नेपाल सरकारले गरेको लकडाउन खुकुलो भएसगै आन्तरिक पर्यटन का साथै बनभोज खान जानेहरुको चहल पहल सुरु भएको छ ।
लामो समयको लकडाउनका कारण घर भित्रै गुम्सिएर बस्नु पर्दाको छटपटी मेटाउनका लागी अहिले आफ्ना नजिकका पर्यटन स्थानमा घुमेर तथा वनभोज खाएर मनोरन्जन गर्नेहरुको सख्या दिन प्रतिदिन बढी रहेको छ ।
नेपालीहरुका माहान चाड पर्व बढादशै र लिपावलीलाई बिदा गरेपछि बचेको छुट्टिको समयलाई सदुपयोग गर्दै विदामा घर आएका विभिन्न व्याक्ति वनभोज खानका लागी अहिले झापाको शिवशताक्षी नगरपालिका ११ स्थित धार्मक तथा पर्यटकीय स्थान शताक्षीधाम पुग्ने गरेका छन् ।
कोभिड १९का कारण दुई वर्ष देखी अस्तव्यास्त बनेको जनजिवन सामान्य बन्दै गएकोले अहिले मानिस घुम्न निस्कन थालेका छन् यो खुशीको कुरा हो । आफुपनि साथी भाई सग यस ठाउँमा धुम्न आएका छौ रमाईलो लागेको छ । तर यस ठाउमा सडकको स्तर उन्नती र विध्युतको विस्तार गर्नुपर्ने आवश्यक रहेको कमल गाउँपालिका ३ केर्खामा भिमप्रसाद राई बताउनुहुन्छ ।

This image has an empty alt attribute; its file name is bh-1024x472.jpg


चाडपर्वको मौका छोपेर हिमाली जिल्ला संखुवासभा बाट झापा आएको थिए । त्यहि समयमा साथीहरुले घुम्न जाउँ भनेपछि याहाँ आएको हुँ । यो स्थान मलाई असाध्यै राम्रो लागेको छ । यसलाई राज्यको तर्फ बाट मर्मत संभार का साथै प्रचार प्रसार गर्न सके यो स्थान पर्यटककालागी असाध्यै राम्रोहुने खादवारी नगरपालिका ८ संखुवासभामा पुर्णकुमार गौली बताउनुहुन्छ ।
अहिले सम्म त्यो ठाउँमा पुग्ने अवसर मिलेको थिएन ८ वर्ष पछि जापान बाट फर्किएकोले साथीभाई सँग पहिलो पटक शाताक्षीधान गुग्ने अवसर मिल्यो । ठाउँ असाध्यै राम्रो रहेछ तर शौचालयको व्यास्था नभएकोले अलि समस्या छ । स्थानिय सरकारले यस्ता ठाउँ पर्यटककालागी न्युनतम आवश्यकता पुरागर्नु पर्ने कमल गाउँपालिका ३ का अनुप बराल बताउनुहुन्छ ।
कोभिड १९ पछि स्थिती सामान्य बन्दै गएकोले आन्तरिक पर्यटन प्रवर्धनकालागी हामि शताक्षीधाम आएका हौ । यो ठाउँ धार्मिक तथा पर्यटनकालागी अत्यन्तै महत्वपुर्ण छ । यस ठाउँको विकास निर्माण गर्न स्थानिय सरकार लाग्नु पर्ने कमल ३ का लक्ष्मि प्रसाद ओझाको भनाई छ ।
कोभिड १९ को संक्रमण घटे सगै आन्तरिक पर्यटनमा निस्कनेको सख्या दिन प्रतिदिन बढी रहेको छ । करिव दुई वर्ष सम्म बन्द भएका पर्यटन बनभोज स्थानमा सडक, सौचालय, खानेपानी र विजिुली जस्ता न्युनतम आवश्यकता पुरागर्न सम्बन्धित निकायले ध्यान दिन आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker