अविरल वर्षाका कारण किसानले लगाएको धानबाली नष्ट

कमल ,कात्तिक २ ,सोमबारदेखि परेको अविरल वर्षाका कारण किसानको धानबाली नष्ट भएको छ । किसानले वर्ष भरी खाने खाद्यन्य धानबाली वर्षका कारण नष्ट गरेको हो ।
झापा लगायत तराईका मोरङ, सुनसरी जिल्लामा लगाएका धान बाली पानीले नष्ट गरेको हो ।
यतिबेला किसानले धान काटर पाँजा लगाएका थिए । कतिपय किसानले पाँजा लगाएको धान उठाउन तमतयार थिए । काट्न आँटेको धान समेत हावा सहित परेको वर्षका कारण ढलेर सोत्तर भएको छ ।

No posts found.
This image has an empty alt attribute; its file name is g.jpg


झापाको शिवसताक्षीमाका स्थानीय सीता गुरुङ्गको करिव एक विगाहमा लगाएको धानको पाँजा पानीमा डुबेको छ । धानको पाँजा उठाएर कुन्यू लगाउँने दिन नै पानी परेकाले पाँजा लगाएको धान खेतमै डुबेको बताउनु भयो ।
कृषकले वर्ष खानकालागी तयार भएको धान बाली खेतमै उम्ब्रिन थालेको छ । अष्टमीको दिन काटेको धान पाँजा सुेकपनि उठाउन लाग्दा अचानक पानी पर्यो, वहाँले भन्नुभयो भोली घाम लाग्ला र उठाउँला भनेको, झन् ठुलो पानी पर्यो, सबै धान अहिले पानीमा डुबेको छ ।
त्यसैगरी शिवसताक्षी ११ की सीता गुरुङ्गले करिब १ विगाहमा लगाएको धान समेत वर्षाले नष्ट गरेको छ । किसानले पाँजा उठाएर खेतमा कुन्यू लगाएको धान समेत पानीमा छ । खेतमा पानी जमेपछि कुन्यू नै पानीमा डुबेको हो ।
शिवसताक्षी ११ का हरि चौधरी, टिका लिङ्खिम, हरि घिमिरेको धान पनि पानीले डुबाएको छ । उनीहरु प्रतिनिधि पात्र मात्र हुन् । अधिकांश किसानको धान पानीले नष्ट गरेको छ ।

This image has an empty alt attribute; its file name is h.jpg


झापाका मेचीनगर, बिर्तामोड, झापा, कन्काई, गौरीगंज, गौरादह, कमल, हल्दिबारी काचनकवल लगायतका क्षेत्रमा सोमबार रातिदेखि मुसलधारे पानी परेको छ ।
उठाउन ठिक्क पारेको धानको पाजा पानीले चुर्लुम्मै डुबाएपछि किसानहरू चिन्तित बनेका छन् । यतिबेला असार श्रावण महिनामा लगाएको धान किसानले घरमा भित्रयाउने समय हो । गएको वर्षहरु भन्दा यसवर्ष समय नै पानी परेकाले धान बाली निकै राम्रो र सबै किसानको धान फलेको थियो । तर हावा हुरीसँगै आएको पानीले सबै नष्ट गरिरिदिएको छ ।
झापामा मुसुली, बास्मतीलगायतका धान अली ढिलो पाक्ने गर्दछ । तर अगुवा धान सुख्खा ३, चैते २, गोरखनाथ, मिथिला, लगायतका धानहरु छिटै पाक्ने गर्दछन् । किसान हिउँदै सब्जी छिटै निकाल्ने खेतमा र डाँडो खेतमा भने सुख्खा ३ चैते २, जस्ता छिटै पाक्ने धान लगाउने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker