बजार अनुगमनमा तिब्रता

उमानाथ भण्डारी

No posts found.

कमल, असोज २६÷ अत्यावश्य बस्तुहरु पाईने पसलमा चाडपर्वका समयमा भिडभाड बढ्ने र त्यहि मौकामा व्यासायीले गुणस्तरियहिन सामान विक्रि वितरण गर्ने गरेको पाईएकोले त्यसलाई न्युनिकरण गर्न झापाको कमल गाउँपालिकाले बजार अनुगमानलाई तिव्रता दिएको छ ।
हरेक वर्ष चाडवाडका मुखमा बजार अनुगमन गर्दै आएको गाउँपालिकाले यो वर्ष पनि सधै झै चाडवाडको मुखैमा बजार अनुगमन गरेको छ ।
वर्षको एक पटक चाडवाडका मुखमा गरिएको बजार अनुगमन खासै प्रभावकारी नदेखीए पनि केहि हदसम्म यसले व्यवसायीलाई सचेत त गराउछ । यसरी वर्षमा एक पटक चाडवाडको मुखमा अनुगमन गर्नु भन्दा विभिन्न समयमा छड्के अनुगमन गर्दा राम्रो हुने कमल गाउँपालिका वडा १ का स्थानिय खगेन भण्डारी बताउनुहुन्छ

This image has an empty alt attribute; its file name is gyu-1024x472.jpg


हरेक वर्ष अनुगमा गर्दा बजार उपभोग्य मिती समाप्त भएका खाद्यवस्तु प्रशस्तै भेटीन्थे त्यस्ता बस्तु हामिले नस्ट गर्नु पथ्र्यौ , कतिपय पसलमा मुल्य सुचि थिएन लगातारको अनुगमनले छिटफुट बाएक अनुगमनले राम्रो प्रवाभ पारेको अनुगमन समितीका संयोजक बेनु सिवाकोटीले बताउनुयभो ।
बजारक्षेत्रमा रहेका ठुला व्यवसायीले उपभोग्य मिति सकिनलाग्दा गाउँमा रहेका बजारमा लगेर त्यस्ता सामान विक्रि गर्नाले साना व्यवसायी मारमा पर्ने गरेका छन् । यसकालागी बजारमा रहेका ठुला व्यसायीलाई कडाईका साथ अनुगमन गर्नु आवश्यक हुन्छ । नत्रभने गल्ति गर्ने ठुला व्यवसायी र त्यसको सजाय भोग्ने साना व्यावसायी हुन बेर छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker