महेन्द्र रत्न माध्यमिक विध्यालयको व्यवस्थापन समिती अध्यक्षमा पवन राई

कमल , असोज १९ ÷ कमल गाउँपालिका २ समयगढ स्थित महेन्द्र रत्न माध्यमिक विध्यालयको व्यवस्थापन समितीको अध्यक्षमा पवन राई चयन हुन भएको छ ।
त्यसैगरी समिती को सदस्यमा खेमराज श्रेष्ठ,डिल्लि बहादुर भण्डारी,दीपाकुमारी पौडेल , धनमाया अधिकारी, सम्झना वि.क.(मनोनित) ,चन्द्रप्रसाद सिटौला (शिक्षक प्रतिनिधि) तारानाथ न्यौपाने (वडाध्यक्ष, पदेन सदस्य) बालकृष्ण संग्रौला (प्रध्यानाध्यापक, पदेन) रहेको समिती गठन भएको शिक्षक विजयकुमार अधिकारीले जानकारी दिनुयो ।
विध्यालयको असोज १८ गते सम्पन्न मतदानमा खेमराज श्रेष्ठ १३८ डिल्लीबहादुर भण्डारी, १३७ ,दीपाकुमारी पौडेल १३४ ,धनमाया अधिकारी, १३१ प्राप्तगरी निर्वाचित हुनुभएको थियो ।

No posts found.


विद्यालय व्यवस्थापन समितिको आज असोज १९ गते मङ्गलबारका दिन बसेको पहिलो बैठकले समितिमा पवन राई र सम्झना वि.क.लाई सर्वसम्मत रूपमा मनोनयन गरेसगै दोस्रो बैठकले पवन राईलाई अध्यक्ष पदमा चयन गरेको हो ।
शिक्षा ऐन तथा शिक्षा नियमावली (संशोधन सहित) ले सामुदायिक माध्यमिक विध्यालयमा अभिभावकहरूले अभिभावकहरूमध्येबाट चुनिएका कम्तीमा २ जना महिला सहित जम्मा ४ जना, शिक्षक मध्ये बाट छनोट भएका एक जना शिक्षक प्रतिनिधि तथा सम्बन्धित वडाका वडा अध्यक्ष (पदेन सदस्य) र सम्बन्धित विद्यालयका प्रधानाध्यापक (सदस्य सचिव) गरी ७ जनाको समितिको बैठकबाट शिक्षाप्रेमी, बुद्धिजीवी, चन्दादातामध्येबाट मनोनयन गरेका कम्तीमा एक महिला सहित २ जना गरी जम्मा ९ सदस्यीय विद्यालय व्यवस्थापन समिति रहने व्यवस्था गरेअनुसार विद्यालय व्यवस्थापन समितीले पुर्णता पाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

Close
Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker