राष्ट्रिय युवा संघ नेपाल र अखिल नेपाल महिला संघको सफथ ग्रहण तथा तिज विषेश कार्यक्रम

कमल , भदौ २६÷ एक कार्यक्रमका बिच आज अखिल नेपाल महिला संघ कमल गाउँपालिका स्तरिय विभिन्न कमिटीको सफथ ग्रहण तथा तिज विषेश कार्यक्रम सम्पन्न भएको छ ।
नव गठीत गाउँ कमिटीका पदाधिकारी लगायत सदस्य क्षेत्रिय कमिटी सदस्य, वडा कमिटी सदस्य लगायतलाई अखिल नेपाल महिला सघकी केन्द्रिय सचिव मेनुका काफ्लेले सफथ ग्रहण गराउनु भएको थियो ।

No posts found.
This image has an empty alt attribute; its file name is we-1024x472.jpg

नव गठित गाउँकमिटीको अध्यक्षमा मनमाया सिटौला ,उपाध्यक्ष शान्ति साम्सुहाङ्ग लिम्बु , सचिव उषा दाहाल सह सचिव मान्डुका नेपाल कोषाध्यक्ष सुजता गुराँगाई लगायत ६५ जनालाई अखिल नेपाल महिला सघकी केन्द्रिय सचिव मेनुका काफ्लेले सफथ गराउनु भएको ।

सफथ पछि प्रशिक्षण मुलक मन्तव्य राख्दै प्रमुख अतिथी काफ्लेले अनेमसंघको बारेमा नवगठित कमिटी सदस्यलाई जानकारी गराउनुका साथै कार्यकाल सपलताको शुभकामना मन्तव्य राख्नु भएको थियो ।

नेपकपा एमाले कमल गाउँकमिटीका अध्यक्ष भिम प्रसाद राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य शिव ढुङ्गेलले पाटिको वर्तमान अवस्थाका बारेमा जानकारी गराउनु भएको थियो । कार्यक्रम गाउँकमिटी सचिव हरि ढकालले सन्चालन गनुभएको थियो ।

This image has an empty alt attribute; its file name is gh.jpg

त्यसैगरी आजै एक कार्यक्रमका बिच कमल गाउँपालिका वडा नम्वर १ स्तरिय राष्टिय युवा संघ नेपाल गठन गरिएको छ ।
नव गठीत कमिटीको अध्यक्षमा राजेश गजुरेल, उपाध्यक्ष दिनेश चोहान र शस्भुराम लिम्बु सचिव बसन्त थापा मगर सह सचिव प्रकास बासकोटा कोषाध्यक्ष प्रतिमा उप्रेति न्यौपाने लगायत २७ जना को कमिटी गठन गरिएको सचिव बसन्त थापा मगरले जानकारी दिनुभयो ।
नवगठीत कमिटीलाई आजै सपथ ग्रहण गराएको नेकपा एमाले कमल गाउँकमिटी सचिव हरि ढकालले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

Close
Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker