नेपाल शैक्षिक परामर्श संघ (इक्यान) झापाले आइतबार सामाजिक काम गर्दै २५औं वार्षिकोत्सव मनाएको छ ।

बिर्तामोड भदौ–१४ झापाको बिर्तामोड ४ मा रहेको नमस्ते बाल आश्रममा खाद्यान्न तथा खेलकुद र शैक्षिक सामग्री प्रदान गर्दै इक्यान झापाले रजत महोत्सव मनाएको हो । इक्यान झापाका अध्यक्ष सुमन शर्मा जमरकट्टेलको अध्यक्षतामा भएको कार्यक्रममा इक्यानका केन्द्रीय अध्यक्ष प्रकाश पाण्डेको प्रमुख आतिथ्य रहेको थियो ।

No posts found.

कार्यक्रममा इक्यान झापाका उपाध्यक्ष मिलन ओली, सचिव मदन बुढाथोकी, कोषाध्यक्ष राज कार्की, अतिरिक्त विभाग प्रमुख अनिल सापकोटा, रियल वल्र्डका सञ्चालक राज मुखियाले इक्यानले शिक्षाका क्षेत्रमा विभिन्न काम गर्दै आएको बताउनुभयो । वहाँहरुले आश्रमका बालबालिकालाई इक्यानको तर्फबाट गर्ने शैक्षिक सहयोग निःशुल्क रुपमा प्रदान गर्ने प्रतिबद्धता समेत जनाउनु भएको छ ।

इक्यानले शैक्षिक परामर्शका साथै स्वदेश तथा विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीका लागि जानकारीका साथै सहयोग गर्दै आएको छ । कार्यक्रममा केन्द्रीय अध्यक्ष पाण्डेले झापामा इक्यानले सामाजिक सेवाका क्षेत्रमा उल्लेखनीय काम गरेको भन्दै इक्यान झापाको प्रशंसा गर्नुभयो ।

कोरोना कहरका कारण शैक्षिक परामर्श अन्तर्गत सञ्चालित कन्सल्टेन्सीहरु लामो समयदेखि बन्द हुँदा कन्सल्टेन्सी व्यवसाय धरासायी बन्न पुगेको झापा अध्यक्ष जमरकट्टेलले बताउनुभयो । अनाथ आश्रममा रहेका बालबालिकालाई सहयोग गर्दै रजत महोत्सव मनाउन पाउँदा खुशी लागेको इक्यान झापाका सचिव बुढाथोकीले बताउनुभयो ।

आश्रममा दश बालक र आठ बालिका गरी १८ जना बालबालिका रहेका छन् । उनीहरुलाई इक्यान झापाले १५ हजार बराबरको खाद्यान्न तथा खेलकुद र शैक्षिक सामग्री प्रदान गरेको छ । आश्रममा रहेका बाललबालिकाहरु बिर्तामोडका विभिन्न निजी विद्यालयमा निःशुल्क रुपमा अध्ययन गर्दै आएको आश्रमका अध्यक्ष नारायण पोखरेलले जानकारी दिनुभयो ।

झापा, इलाम, तेह्रथुम, मोरङ लगायतका जिल्लाबाट ल्याइएका बालबालिकाहरु आश्रममा रहेका छन् । आमाबुबा नभएका तथा कोही आफन्त नभएका बालबालिकालाई आश्रमले पालनपोषण र उचित शिक्षादिक्षा दिँदै आएको अध्यक्ष पोखरेलले बताउनुभयो । कार्यक्रमको सञ्चालन अतिरिक्त विभाग प्रमुख सापकोटाले गर्नुभएको (इक्यान) झापाका प्रेस संयोजक नरेन्द्र ढकालले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker