लायन्स क्लव अफ केर्खाको आयोजना रक्तदान

कमल २६ असार÷

No posts found.
This image has an empty alt attribute; its file name is 3.jpg

लायन्स क्लव अफ केर्खाको आयोजना तथा नेपाल रेडक्रस सोसाईटी विर्तामोड शाखाको प्राविधिक सहयोगमा आज कमल गाउँपालिका ३ स्थित केर्खामा रत्तदान कार्यक्रम सम्पन्न भएको छ ।
लायन्स क्लव अफ केर्खाले सप्ताहाव्यापी कार्यक्रम सन्चालन गर्ने कार्यक्रम अन्तर्गत रगतदान कार्यक्रम गरिएको हो । सो कार्यक्रममा ६२ जनाले रगतदान गर्नु भएको थियो ।

This image has an empty alt attribute; its file name is t-1024x577.jpg


लायन्स क्लव अफ केर्खाका अध्यक्ष लायन देवेन्द्र दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रक्रममा प्रमुख अतिथी कमल गाउँपालिकाकी अधयक्ष मेनुका काफ्ले , ३ नम्वर वडाका अध्यक्ष नरप्रसाद दंगाल, रिजनल चियर पर्सन लायन डाक्टर तिलक खनाल, जुन चियर पर्सन लायन भिम विजय बाँस्तोलार्, लायन्स क्लव अफ केर्खाका सस्थापक अध्यक्ष लायन अग्निप्रसाद कोईराला लगायतको उपस्थिती रहेको थियो ।
लायन्स क्लव अफ केर्खाका सचिव लायन लेखनाथ सुवेदीले सन्चालन गर्नुभएको कार्यक्रममा उपस्थित सहभागीलार्ई लायन्स क्लव अफ केर्खाका प्रथम उपाध्यक्ष लियो लायन प्रितिका सुवेदीले शाब्दिक शब्द द्वारा स्वगत गर्नु भएको थियो ।

This image has an empty alt attribute; its file name is h-1024x473.jpg


लायन्स क्लव अफ केर्खाले सप्ताहाव्यापी कार्यक्रम मनाउने क्रममा यसअघी शिवशताक्षी नगरपालिका वडा नम्वर ७ स्थित लक्ष्मि नारायण मन्दिरमा रहेका जेष्ठ नागरिकलाई ७ थान बेड हस्तान्रण गरेको थियो भने कमल गाउँपालिकाको वडा नम्वर ४ स्थित ज्योती आधारभुत विध्यालयको प्राङ्गणमा आफै रेखदेख र उर्काउनेगरी एकसय थान विरुवा रोपेको अध्यक्ष दाहाले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

Close
Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker