कमल गाउँपालिका द्वारा उत्कृष्ट कर्मचारी र शिक्षकलाई पुरस्कृत

उमानाथ भण्डारी

No posts found.

कमल असार ११ ÷ उत्कृष्ट कर्मचारी र शिक्षकलाई सम्मान गर्नुका साथै विभिन्न विधेयेक पास गर्दै कमल गाउँपालिकाको नवौं गाउँ सम्पन्न भएको छ ।
गाउँपालिकाको नवौं गाउसभाको तेश्रो दिन उत्कृष्ट कर्मचारी र शिक्षकलाई सम्मान गर्नुका साथै विभिन्न विधेयेक पास गर्दै कमल गाउँपालिकाको नवौं गाउँ सम्पन्न भएको छ ।
उत्कृष्ट कर्मचारी तर्फ योजना शाखाका अधिकृत रामचन्द्र गजुरेललाई नगद २० हजार स्पैयाका साथै सम्मान पत्र बाट सम्मानीत हुनुभएको छ भने कर्मचारी तर्फ तोपगाछी स्वस्थ्य चौकीमा ल्याव असिन्टेनमा कार्यरत गिता न्यौपाने , सहायक महिला विकास निरिक्षक रेनुका गौतम , वडा नम्वर २ का वडा सचिव देविप्रसाद फुएल , वडा नम्वर ५ का कार्यरत कार्यलय सहयोगी अनतिा ताजपुरीया लाई जनहि १० हजार रुपैया र सम्मान पत्र द्वारा पुरस्कृत गरिएको प्रमुख प्रशासकिय अधिकृत सुवास श्रेष्ठले जानकारी दिनुभयो ।

This image has an empty alt attribute; its file name is image0-1024x576.jpeg


त्यसैगरी सामुदायीक विध्यालयका शिक्षक तर्फ महेन्द्र रत्न माध्यमिक विध्यालय कमल २ मा कार्यरत शिक्षक प्रदिप राई, कमला मदन आश्रीत स्मृति माध्यमिक विध्यालय कमल २ मा कार्यरत शिक्षक पुस्ता राई , र वालविका केन्द्र अन्तर्गत ज्योति आधारभुत विध्यालय कमल ४ मा कार्यरत विमला सापकोटा र मंगलमय माध्यमिक विध्यालय कमल ५मा कार्यरत संचिता राजवंशी लाई जनहि १० हजार रुपैया र सम्मान पत्र द्वारा सम्मान गरिएको अधिकृत श्रेष्ठले बताउनु भयो ।
सभाले नीति तथा कार्यक्रम र बजेट का साथै बजेट, विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन गर्न बनेको विधयेक, न्यायिक समिति कार्य विधि संशोधन विधयेक. न्यायिक समितिको प्रतिवेदन, समसामयिक महत्वको विषयहरु पास गरेको छ परित गरेको छ ।
यसका साथै सिन्धुपाल्चोकको मेलम्ची र हेलेम्बुमा गएको प्राकृतिक विपदमा परेकाकालागी सहयोगका लागि गाउँपालिका बाट एक एक लाख रुपैया सहयोग गर्ने निर्णय समेत सभाले पारित गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

Close
Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker