कमल गाउँपालिकाले ९ औं गाउँसमामा उत्कृष्ट कर्मचारी र शिक्षकलाई पुरस्कृत गर्ने

कमल असार ८ ÷ कमल गाउँपालिकाले ९ औ गाउँसमामा उत्कृष्ट कर्मचारी र शिक्षकलाई पुरस्कृत गर्ने भएको छ ।
कमल गाउँपालिकाले आगामी असार ११ गते हुने ९ औं गाउँसभामा गाउँपालिकामा कार्यरत उत्कृष्ट कर्मचारी र सामुदायीक विध्यालयमा कार्यरत शिक्षकलाई सम्मान गर्ने निर्याण गरेको छ ।
गाउँपालिकाको आज (मंगलवार) बसेको कार्यपालिकाको बैठकले उत्कृष्ट कर्मचारी तर्फ योजना शाखाका अधिकृत रामचन्द्र गजुरेललाई नगद २० हजार स्पैयाका साथै सम्मान पत्र बाट पुरस्कृत गरिने र कर्मचारी पुरस्कार तर्फ तोपगाछी स्वस्थ्य चौकीमा ल्याव असिन्टेनमा कार्यरत गिता न्यौपाने , सहायक महिला विकास निरिक्षक रेनुका गौतम , वडा नम्वर २ का वडा सचिव देविप्रसाद फुएल , वडा नम्वर ५ का कार्यरत कार्यलय सहयोगी अनतिा ताजपुरीया लाई जनहि १० हजार रुपैया र सम्मान पत्र द्वारा पुरस्कृत गरिने निर्णय भएको प्रमुख प्रशासकिय अधिकृत सुवास श्रेष्ठले जानकारी दिनुभयो ।
त्यसैगरी सामुदायीक विध्यालयका शिक्षक तर्फ महेन्द्र रत्न माध्यमिक विध्यालय कमल २ मा कार्यरत शिक्षक प्रदिप राई, कमला मदन आश्रीत स्मृति माध्यमिक विध्यालय कमल २ मा कार्यरत शिक्षक पुस्ता राई , र वालविका केन्द्र अन्तर्गत ज्योति आधारभुत विध्यालय कमल ४ मा कार्यरत विमला सापकोटा र मंगलमय माध्यमिक विध्यालय कमल ५मा कार्यरत संचिता राजवंशी लाई जनहि १० हजार रुपैया र सम्मान पत्र द्वारा पुरस्कृत गरिने अधिकृत श्रेष्ठले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker