ढ्याङग्रे खोलामा पक्कि पुल निर्माणको काम सम्पन्न , स्थानिय वासीलाई वर्षैभरी यातायात सञ्चालनमा सहज

उमानाथ भण्डारी

कमल असार ८÷ कमल गाउँपालिका वडा नम्वर २ स्थित ढ्याङग्रे खोलामा पक्कि पुल निर्माणको काम सम्पन्न भए सगै वर्षैभरी यातायात सञ्चालनमा सहज हुने भएको छ ।
गाउँपालिकाको वडा नम्वर २ स्थित क्याम्पा र समायगढ बजारको बिचमा पर्ने ढ्याङग्रे खोलामा पुल नभएका कारण वर्षायाममा क्याम्पा र समायगढ बजार बिच आवतजावत बन्द हुन्थ्यो । पुल निर्माणको काम सम्पन्न भएपछि अव वर्षैभरी आवतजावतमा सहज हुनेभएको वडा नम्वर २ का अध्यक्ष तारानाथ न्यौपाने बताउनुहुन्छ ।
३ करोड ३७ लाख रुपैयाको लागतमा निर्माण सम्पन्न भएको पुल सन्चालनमा आएपछि कमल गाउँपालिको केखा, क्याम्पा ,समायगड , बाँसवारी हुँदै गौरादह सम्म पुग्नकालागी सहज भएको अध्यक्ष न्यौपानेले बताउनु भयो ।
पुल नभएका याहाँ जनतालाई धेरै समस्या थियो । बर्खाको समयमा सामान्य समान खरीद गर्न देखी विरामी भएको बेला औषधी किन्नकालागी समेत धेरै घुमेरमात्र बजार आउनु पर्ने बाध्यता थियो अब पुल निर्माण भए पछि त्यो सबै समस्या हटेको स्थानिय वासी महेन्द्र पौडेल बताउनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker