पुर्व नेपाल द्वारा अग्नि पिडित सदस्यका परिवारलाई राहात प्रदान

उमानाथ भण्डारी

No posts found.

कमल, जेठ २३÷ पुर्व नेपाल वहुउद्देश्यीय सहकारी सस्था लिमिटेडले अग्नि पिडित सदस्यका परिवारलाई राहात प्रदान गरेको छ ।
शिवसताक्षी नगरपालिका २ स्थित मंगलवारेमा गत जेठ १० गते राती आगलागीका कारण सम्पुर्ण सम्पति नष्ट हुनुका साथै घरवार विहीन भएकि सस्थाकी सदस्य नन्दकला राईलाई खाध्यन्न , लत्ताकपडा एकथान सिलाई मसिन र व्यवषाय सन्चालन गर्नकालागी २५ हजार रुपैया सापटी प्रदान गरेको छ ।

This image has an empty alt attribute; its file name is 6-1024x472.jpg


सिलाईबुनाई व्यासाय सन्चालन गर्दै आउनु भएकी राईको आगलागीका कारण सबै सम्पति नष्ट भएको छ । यस्तो अवस्थामा वहाँको जिविको पार्जन गर्दै पुन व्यवसायमा फर्किन सहज होस भनेर सस्थाको तर्फ बाट खाध्यन्न , लत्ताकपडा एकथान सिलाई मसिनका साथै नगद सहयोग गरका छौ । यसले थोरै भएकपनि पिडितलाई सहयोग पुग्ने पुर्व नेपाल वहुउद्देश्यीय सहकारी सस्थाका अध्यक्ष प्रेम सापकोटाले बताउनुभयो ।

This image has an empty alt attribute; its file name is w-1024x472.jpg


यस्तो अवस्थामा सस्थाले सहयोग गर्दा आफुलाई खुशिलागेको छ । सस्थाकै सहयोगमा १७ वर्ष अगाडी पाक्षिक रुपमा किस्ता तिर्ने गरी सस्था वाट कर्जा लिएर एउटा मसिन किनेकी थिए । त्यहि मेसिन बाट व्यवसाय सुरु गरेर अहिले ६ वटा सिलाई मेसिन र एउटा ईन्टरलक जोडेको थिए । यही व्यवसाय बाट जोडेको घर आगलागीका कारण घर सहित सम्पुण सम्पति क्षतिहुँदा ३६लाख रुपैया बरावरको क्षति भएको पिडित नन्दकला राई बताउनुहुन्छ ।

This image has an empty alt attribute; its file name is 4-1024x472.jpg


त्यसैगरी सस्थामा आवद्ध सदस्यले कोभिड १९ को संक्रमण पुष्टि भएको आधिकारिक प्रमाण सस्थमा पेश गरेमा त्यस्ता सदस्यलाई पौष्टिक आहारा( मह, ध्यु, च्यामनप्रास लगायत ) औषधि सहित सदस्यको घरघरमा पुर्याउने गरेको सस्थाकी व्यवस्थापक चन्द्रकला ढकालले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker