विश्व वातावरण दिवसको अवसरमा कमल नगर जेसीजद्वारा वृक्षा रोपण

उमानाथ भण्डारी

No posts found.

कमल, जेठ २२÷ विश्व वातावरण दिवसको अवसरमा आज कमल नगर जेसीजको आयोजनामा वृक्षा रोपण गरिएको छ ।
हरेक वर्ष जुन ५ लाई विश्व वातावरण दिवसका रूपमा सन् १९७४ देखि मनाउन थालिएको हो । यस वर्ष “ सुरक्षति जीवनकालागी जैविक विविधता” भन्ने नाराका साथ कमल नगर जेसीजले कमल गाउँपािलका वडा नम्वर ३ स्थित श्री शहिद धर्मभक्त माध्यमिक विध्यालयको प्राङ्गणमा वृक्षा रोपण गरिएको थियो ।
विश्व व्यापिरुपमा जलवायु परिवर्तनका कारण आज विभिन्न चुनौतीको समामना गर्नु परेको छ । अव हामि सबै वातावण जोगाउन लाग्नु पर्ने बेला आएको छ । यस्तो अवस्थामा जेसीजले गरेको वृक्षारोणका कारण थोरै भएपनि वातावरण जोगाउनकालागी सहयोग पुग्ने कमल गाउाँपलिकाकी अध्यक्ष मेनुका काफ्लेले बताउनु भयो


विरुवा बाट पाईने यस्तो महत्वो पुर्ण अक्सिजन आज जलवायु परिवर्तनका कारण प्राप्तगर्न कठिनाई हुन थालेको छ । जसका कारण देशले समेत भयाभह अवस्था बेहोर्नु परेको छ । सबैले आफू वरिपरि रहेको वातावरण सुधार गर्ने अतिनै आवश्यक छ । वायु, जल एवं भूमि प्रदूषणबाट परिरहेको असर कम गर्न वृक्षारोपण गर्न आवश्यक छ । यसकालागी हामि सबैले खालिरहेको जमिनमा वृक्षारोपण गर्न आवश्यक रहेको कमलनगर जेसीज वर्ष २१ का अध्यक्ष जेसी गोपाल खनाले बताउनु भयो ।


कार्यक्रममामानिसले गरेका प्राकृतिक स्रोतको अधिक दोहनका कारण आज आफ्नै वरिपरिको वातावरण असन्तुलन भएको छ । त्यसलाई पुनःस्थापना गर्न प्रकृतिमुखी जीवनशैली अपनाउँदै वातावरण सुधारका गतिविधि प्रवद्र्धन गर्न लाग्ने बेला आएको वृक्षारोपण कार्यक्रममा उपस्थित सहभागीले बताउनु भएको छ । यसरी आफ्नो भनाई राख्नेमा कमल नगर जेसीजका वर्ष १८ का अध्यक्ष केदार कटुवाल २० अध्यक्ष हेम दाहाल, शहिद धर्मभक्त माध्यमिक विध्यालयका व्यवस्थापन समिती अध्यक्ष चक्र गुरुङ्ग लगायतले विश्व वातावरण दिवसको अवसरमा वृक्षारोपण गर्नुको महत्वका बारेमा बोल्नु भएको थियो ।
वृक्षारोपण गरिएका विरुवामा अशोक, मसला , कपुर, स्वमी, रुद्राक्ष लगायतका ४५ वटा विरुवा रोपेको महासचिव जेसी महेश भण्डारीले जानकारी दिनुभयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker