झापामा जेठ ३१ गतेसम्म निषेधाज्ञा थपियो, हप्तामा २ दिन ३ घण्टा खाद्यान्नका पसल खोल्न पाइने

कमल, जेठ २० ÷झापामा निषेधाज्ञा जेठ मसान्त अर्थात ३१ गतेसम्म थपिएको छ । यसअघिको निषेधाज्ञा आज रातिदेखि सकिने भएकाले यो महिनाभर थप्ने तयारी भएको हो । झापामा बैशाख २२ गतेदेखि शुरु भएको निषेधाज्ञा एक महिना पुगेको छ ।
अहिले जिल्ला प्रशासन कार्यालयमा जिल्ला कोभिड व्यवस्थापन समिति ९डीसीसीएमसी० को बैठकले जेठ मसान्तसम्म निषेधाज्ञा थप्ने निर्णय गरेको हो । खाद्यान्न पसल हप्तामा २ दिन (आईतवार र बुधवार) विहान ६ वजेदेखि ९ वजेसम्म खोल्ने दिने सहमति भएको छ । आजको डीसीसीएमसीको बैठकमा जिल्लामा रहेका राजनीतिक दलका प्रमुख, पालिका प्रमुखलाई पनि आमन्त्रण गरिएको थियो । आजको बैठकलाई विस्तारित बैठक बनाइएको थियो । झापामा कोरोना भाइरसको संक्रमणको दर उच्च रहेको छ । झापामा निषेधाज्ञा थप भएको छ । डिसीसीएमसी झापाको बैठकले जेठ मसान्तसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको छ ।

बैशाख २२ गते देखि शुरु भएको निषेधाज्ञा एक महिना पुगेको छ । जिल्लामा संक्रमण नघटेपछी बैठकले निषेधाज्ञा थप गर्नुको बिकल्प नभएको निष्कर्ष निकाल्दै सो निर्णय गरेको हो । बैठकमा जिल्लाका राजनीतिक दल,जनप्रतिनिधि सहभागी छन् । खाद्यान्नका पसल हप्तामा २ दिन बिहान ६ बजेदेखि ९ बजेसम्म खोल्न दिने निर्णय भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker