कमलनगर जेसिज द्वारा गाउँपालिकाले स्थापना गरेको अस्थाइ कोभिड १९ अस्पताललाई अक्सिजन सिलिन्डर हस्तान्तरण

कमल , जेठ १७÷ कमलनगर जेसिजले एक कार्यक्रमका बिच कमल गाउँपालिकाले स्थापना गरेको अस्थाइ कोभिड १९ अस्पताललाई अक्सिजन सिलिन्डर हस्तान्तरण गरेको छ ।
कमलनगर जेसिजका वर्ष २०२१का अध्यक्ष गोपाल खनालले कमल गाउँपालिका की अध्यक्ष मेनुका काफ्लेलाई पाँचथान अक्सिजन सिलिन्डर हस्तान्तरण गरेको हो ।
गतवर्ष पनि हामिले शहिद धर्मभक्त माविमा स्थापना गरेको करेन्टाईनमा जेसीजले सहयोग गरेको थियो । यस वर्ष पनि गाउँपालिकाले स्थापना गरेको अस्थाइ कोभिड १९ अस्पताललाई अक्सिजन सिलिन्डर दिएर सहयोग गरेको छ ।
गाउँपालिकामा भएका कतिपय सामाजिक संघ सस्था गाउँपालिका संग समन्वय नगरी काम गर्ने गरेकाछन् तर कमलनगर जेसीज समाजीक सस्था मात्र नभएर हरेका पटक गाउँपालिकामा आपत विपत परेका बेला गाउँपालिका संग समन्वय गरेर कार्यक्रम गर्ने गरेको कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेले बताउनु भयो ।
गाउँपालिकाले स्थापना गरेको अस्थाइ कोभिड १९ अस्पताललाई अक्सिजन सिलिन्डर आवश्यक परेको महशुस गरी अहिले तत्कालका लागी पाँचथान सिलिन्डर हस्तान्तरण गरेका छौ । तर आगामि दिनमा थप शिलिन्डर आवश्यक परेमा त्यसकालागी कमल नगर जेसीज तयार रहेको कमलनगर जेसीज वर्ष २१ का अध्यक्ष जेसी गोपाल खनालले बताउनु भयो ।
सिलिन्डर हस्तान्तरण कार्यक्रममा कमल गाउँपालिका उपाध्यक्ष बेनु सिवाकोटी कमलनगर जेसीजका सस्थापक अध्यक्ष आदरणीय जेसी रुप नारायण न्यौपाने बर्ष २०१८ का अध्यक्ष जेसी केदार कटुवाल बर्ष २०२० का अध्यक्ष जेसी हेम दाहाल आजिवन सदस्य जेसी राजन ढुंगाना बर्ष २०२० का अध्यक्ष जेसी हेम दाहाल आजिवन सदस्य जेसी राजन ढुंगाना जेसी नारायण बस्नेत जेसी रिजु कार्की जेसि देबेन्द्र दाहाल , जेसी प्रबिन खड्का , जेसी बिष्णु भक्त लामिछाने लगायतको उपस्थिती रहेको थियो भने कार्यक्रम कमलनगर जेसीजका महासचिव जेसी महेश भण्डारीले सन्चालन गर्नु भएको थियो ,

No posts found.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

Close
Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker