सुरक्षाकर्मिलाई स्वस्थ्य सामाग्री र विपन्नलाई खाध्यन्न वितरण गर्दै कमल नगर जेसीज

उमानाथ भण्डारी

कमल, जेठ ८ ÷ कमल नगर जेसीजले कोडिभ १९ को विषम परिस्थितीमा अग्रभागमा रहेर कामगर्ने सुरक्षाकर्मिलाई स्वस्थ्य सामाग्री र कमल गाउँपालिकाका विपन्न परिवारलाई खाध्यन्न वितरण गरेको छ ।
कोभिड १९ को संक्रमणलाई फैलिन नदिन र आफ्ना नागरिका लाई स्वस्थ्य राख्नकालागी नेपाल सरकारले निषेधाज्ञा जारि गरेको छ । यस्तो समयमा अग्रभागमा खटिनुहुने कमल गाउँपालिकाका सुरक्षाकर्मिलाई स्वस्थ्य सामाग्री (माक्स, सेनेटाईजर र ग्लोव ) कमल गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्लेद्वारा हस्तान्तरण गरिएको थियो

This image has an empty alt attribute; its file name is 3-3-1024x472.jpg


अमेरिकाको पेन्सिल भेनिया स्थित कामना एसियन फुड मार्टका भगिरथ विष्ट र महेश पाण्डे तथा ओरेन्टल मिनी मार्ट चन्द्र विष्टको सहयोग र याम तिम्सिनाको व्यवस्थापन तथा कमल नगर जेसीजको आयोजनामा स्वस्थ्य सामाग्री र खाध्यन्न वितरण गरिएको हो ।
यस्ता सामागी निशेधाज्ञाका समयमा भनेको बेला उपलब्ध हुदैन यो विषम परिस्थितीको समयमा अग्रभागमा खटिने सुरक्षार्किलाई सहयोग पुन्ने छ । जेसीजले राम्रो कामको थालनि गरेको छ । यस्तो कामका लागी सहयोगि सस्था र कमल नगर जेसीजलाई कमल गाउँपालिका अध्यक्ष मेनुका काफ्लेले धन्यवाद दिनुभयो ।

This image has an empty alt attribute; its file name is 45-1-1024x472.jpg


विषम परिस्थितमा रोजगारी नपाएर घरमै बसेका कमल गाउँपालिका वडा नम्वर १ माझगाउँका ३० मुसहर घरपरिवारलाई दैनिक आवश्यक पर्ने खाध्यन्न (चामल, दाल, नुन ,तेल ) तथा स्वस्थ्य रामाग्री अन्तर्गत ( साबुन, माक्स,सेनेटाईजर) लगायत सामाग्री प्रदान गरिएको हो ।
हेर्दा सामान्य कार्यक्रम भएपनि मनले दिएको हुनाले यो ठुलो कार्यक्रम हो । सहयोगी दाताहरुले आफ्नो गाँस काटेर दिएको जानकारी गराउदै । यो विषम परिस्थितमिा घर वाट वाहिर ननिस्किन भिडभाड नगर्न समेत राहात दिन जम्मा भएका नागरिकलाई कमल नगर जेसिज वर्ष १८ का अध्यक्ष तथा वडा नम्वर १ का वडा अध्यक्ष जेसी केदार कुवाल अनुरोध गर्नुभएको थियो
यो विषम परिस्थितमा तपाईहरु घर मित्रै बस्नुहोला आफु सुरक्षित भएमात्र परिवार सुरक्षित राख्न सकिन्छ । यो कोभिड १९ को विषम परिस्थितीमा तयाईहरुलाई थोरैभएपनि सहयोग पुग्ने छ भनेर यो राहात वितरण गरेको कमल नगर जेसीज वर्ष २१ का अध्यक्ष जेसी गोपाल खनालने बताउनु भयो ।

This image has an empty alt attribute; its file name is 1-3-1024x472.jpg


त्यसैगरी कमल नगर जेसीजका सस्थापक अध्यक्ष तथा युवा व्यवसायी जेसी रुपनारायण न्यौपानेले दमक नगरपालिका र कमल गाउँपालिकाको बिपत व्यवस्थापन कोष मार्फत कोभिड १९ को रोकथाम तथा उपचारमा सघाउ पुर्याउने उद्देश्यले प्रति पालिका १० हजार रुपैयाका दरले सहयोग उपलब्ध गराउनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker