कमलका युवाको कृषि पेशा तर्फ आकर्षण बढ्दो

उमानाथ भण्डारी

कमल , जेठ ६ ÷ झापाको कमल गाउँपालिका साविकका तोपगाछी र लखनपुर गाउँविकास समिती मिलेर बनेको हो । कुल ९७ दशमलव ४४ वर्गकिलोमिटर क्षेत्रफलमा रहेको यस गाउँपालिकामा ७ वडा रहेका छन् ।
राष्ट्रिय जनगणना २०६८ अनुसार कमल गाउँपालिकाको जनसङ्ख्या ४४ हजार ३ सय ६५ रहेको छ । जसमध्ये पुरूष २० हजार २ सय ९६ र महिला २४ हजार ६९ जना रहेका छन् । यति ठुलो क्षेत्रफल र यति धेरै जनसंख्या भएको यस गाउँपालिकाका जनताको मुख्य पेशा भनेको कृषि र पशुपालन नै हो ।
यति ठुलो जनसंख्या कृषि तथा पशुपालनको क्षेत्रमा आवद्ध भएपनि गाउँपालिकामा उल्लेखनिय प्रगति हुन सकेको थिएन । तर पछिल्लो समय जनप्रतिनिधी आएपछि भने कृषि तथा पशुपालन सम्वन्धि विभिन्न कार्यक्रम सन्चालनमा ल्याएपछि यसले धेरै फड्को मारीसकेको छ ।
गाउँपालिकाको विकासको निम्ती कृषिको विकास हुन आवश्यक छ । यसकालागी हामिले कृषि र पशुपालनको क्षेत्रमा धेरै कार्यक्रम सन्चालनमा ल्याएका छौ जस अन्र्तगत गाई, कुखुरा , बाख्रा, माछा,च्याउ तथा वेमौसमि तरकारी उत्पादन तर्फ घुम्तिकोष मार्फत ५० हजार देखी २ लाख रुपैया सम्म प्रदान गरेका छौ। व्यवसायीक कृषक लाई घुम्तिकोष मार्फत ५० हजार देखी २ लाख रुपैया सम्म प्रदान गरेका छौ। त्यसैगरी अध्यक्ष पकेट कार्यक्रम अन्तर्गत बेमौसमी तरकारी उत्पादन तर्फ समेत कृषकलाई सहयोग गरेका छौ । यसका कारण पछिल्लो समय कृषि पेशातर्फ धेरै युवाहरुको आकर्षण बढ्न थालेको कमल गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्ले बताउहुहुन्छ ।

नेपाल कृषि प्रधान देश भएको र देश लाई विकास गर्नु छ भने कृषि क्रान्ती गर्न आवश्यक छ । रेमिटान्सले मात्र देश चल्दैन, कृषिमा अवसरहरु प्रशस्तै छन् । तर विडम्वना यस क्षेत्रमा जे जती लागेका छन् ति सब अशिक्षीत र गरिव किसान मात्र यस पेशामा लागेका छन् । जसका कारण कृषि पेशामा सोचे जस्तो विकास हुन नसकेको कमल गाउँपालिका वडा नम्वर ६ का कृषक विनोद कुमार कडेलको बुझाई छ ।
त्यसैगरी वडा नम्वर ६ मा विकास जिमीले जिमि कृषि फर्म सन्चालनमा ल्याउनु भएको छ वहाँले ७ लाख रुपैयाको लगानीमा बंगुर फर्म सन्चालन गर्दै हुनुहुन्छ भने कुखुरा पालनका लागी खोर निर्माणको अवस्थामा रहेको छ । त्यसैगरी वडा नम्वर ६ मा योगेन्द्र नेपाल वैदेशिक रोजगारी बाट फर्किर ३ वर्ष देखी वाख्रापलन व्यवसायमा रमाउदै हुन्नुहुन्छ ।
गाउँपालिकले अध्यक्ष पकेट कार्यक्रम सन्चालनमा ल्याएसंगै कृषि पेशामा लागेका कृषको आकर्षण बढेको छ । कार्यक्रमको नियम अनुसार कम्तिमा पाँच कठ्ठा जमिनमा तरकारी लगाउनु पर्ने र जैविक विषादी मात्र प्रयोग गर्नुपर्ने हुन्छ ।
जस अन्तर्गत कृषकले करेला, भिन्डि बोडी ,काक्रा लगायतका तरकारी उत्पादन गरी राम्रो आम्दानी गर्नु भएको अध्यक्ष पकेट कृषि कार्यक्रम का अध्यक्ष दामोदार गुराँगाई बताउनुहुन्छ ।
गाउँपालिकामा पहिलो पटक ड्रमसिडर (विउन नराखी ड्रम बाट सिधै धान रोप्ने विधी) प्रविधी बाट वडा नम्वर ६ र ७ मा धान रोपिएको छ । यो नयाँ प्रविधि बाट रोपिएको धान बाट मनग्य आम्दानी हुने कृषकले अपेक्षा गरेका छन् । पुरानो प्रविधी भन्दा नयाँ प्रविधि बाट धान रोपेका कारण पनि कृषक उत्साही भएको ईन्द्रेणी कृषक समुहका अध्यक्ष रमेश निरौला बताउनुहुन्छ ।

गाउँपालिकाले च्याउ खेती तर्फ समेत कृषकलाई आवश्यक सहयोग गरेको छ । विगत १० वर्ष देखी च्याउ खेती गर्दै आउनु भएका वडा नम्वर ५ का कृषक प्रेम बहादुर राई च्याउ खेतीलाई नै मुख्या व्यवषाय बनाएर यसै पेशामा रमाएको बताउनुहुन्छ ।
सिङ्गो गाउँपालिकालाई विषदी रहित बनाउन हामि लागी परेको छौ. । यसका लागी माटो परिक्षण ल्याव समेत सन्चालनमा ल्याई सकेकाछौ । ल्याव बाट विरुवालाई आवश्यक पर्ने १४ किसिमका खाध्यतत्व परिक्षण गर्न सकिने र सोहि अनुसार कृषकलाई आवश्यक सल्लाहा सुझाव दिनाले समेत उत्पादनमा वृद्धी भएको छ । अर्को तर्फ समयमा रसायनिक मल नपाएर कृषकले जुन समस्या भोग्नु परेको छ । त्यसको विकल्पमा हामि आफैले जैविक मल उत्पादन गरेर कृषकलाई दिने गरेका छौ यस बाट समेत राम्रो उत्पादन हुने गरेको कृषि शाखा प्रमुख महेन्द्र बोहोराले जानकारी दिनुभयो ।
गाउँपालिकाले कृषिको विकासका निम्ति पछिल्लो समय थुप्रै राम्रा काम गरेको छ । व्यवसायीक कृषकलाई विभिन्न अनुदान र व्यवसाय प्रवद्र्धन कोष मार्फत सहयोग समेत गरेको छ । गाउँपालिकाको सहयोग पाएपछि कृषकको उत्पादनमा समेत बृद्धि भएको छ । तर कृषकले उत्पादन गरेको बस्तुले बजार नपाउदा कृषक समस्यामा परेका छन् । आगामी दिनमा जनप्रतिनिधीले उत्पादनका साथै साथै बजारीकरणमा समेत ध्यानदिन आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker