कमलमा कोभिड १९ बाट संक्रमितहुनेको संख्यामा वृद्धि

कमल , जेठ ६ ÷ कोभिड १९ को दोश्रो लहर चले संगै कमल गाउँपालिकामा कोभिड १९ बाट संक्रमितहुनेको संख्या दिन प्रतिदिन उच्च गतीमा वृद्धि भैरहेकोे छ ।
विश्वभरी माहामारिका रुपमा फैलिएको नयाँ भेरियषनको कोभिड १९ बाट कमल गाउपालिकामा २ सय ३ जनामा सक्रमण पुष्टि भएको छ ।
पुष्टि भएका संक्रमित मध्ये १ सय ३७ जना होम आईसोलेसन बस्नुभएको छ । भने ७ जना आईसोलेसमा रहनु भएको छ । कोभिड अस्पताल कमल ५ मा ४ जना बस्नु भएको छ भने कोभिड लाई जितेर २२ जना घर फर्किनु भएको कमल गाउँपालिका स्वस्थ्य शाखा प्रमुख ईन्द्र अर्यालले जानकारी दिनुभयो ।
त्यसैगरी जिल्लामा ४४ हजार ६५७ जनाको पिसिआर परिक्षण गर्दा ८ हजार ५०७ मा कोभिड १९ संक्रमित भएको पुष्टि भएको छ । संक्रमित मध्ये ४ हजार ९६३ जना निको भएर घर फर्किनु भएको छ भने आईसोलेसनमा ३ हजार ३६५ जना बस्नु भएको छ भने यो समाचार तयार पार्दा सम्म १८९ जना को मृत्यु भएको स्वस्थ्य कार्यालय झापाले जनाएको छ ।

No posts found.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

Close
Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker