झापामा कोभिड १९ लाई जितेर घर फर्किनेको संख्या ४ हजार ५७६ जना कमल गाउँपालिकामा थप ४४ जना संक्रमित

कमल , वैशाख २५ ÷ कोभिड १९ को दोश्रो लहर चले संगै कमल गाउँपालिकामा कोभिड १९ बाट संक्रमितहुनेको संख्या दिन प्रतिदिन उच्च गतीमा बढी रहेको छ ।
विश्वमानै माहामारिका रुपमा फैलिएको नयाँ भेरियषनको कोभिड १९ बाट पछिल्लो ४८ घण्टामा कमल गाउपालिकामा ४४ जनामा सक्रमित पुष्टि भएको छ ।
पुष्टि भएका संक्रमित मध्ये पुरुष २१ जना र महिला २३ जना रहेको कमल गाउँपालिका स्वस्थ्य शाखाले जनाएको छ । यो संख्या सगै कमल गाउँपालिकामा कोभिड १९ बाट संक्रमित हुनेको संख्या ९२ जना पुगेको छ ।
संक्रमित मध्ये ८५ जना होम आईसोलेसन बस्नुभएको छ । वि एण्ड सि अस्पताल विर्तामोडमा २ जना र कोभिड अस्पताल कमल ५ मा १ जना बस्नु भएको छ भने कोडिड लाई जितेर ३ जना घर फर्किनु भएको कमल गाउँपालिका स्वस्थ्य शाखा प्रमुख ईन्द्र अर्यालले जानकारी दिनुभयो ।
त्यसैगरी जिल्लामा ३९ हजार ५९१ जनाको पिसिआर परिक्षण गर्दा ५ हजार ९२५मा कोभिड १९ संक्रमित भएको पुष्टि भएको छ । संक्रमित मध्ये ४ हजार ५७६ जना निको भएर घर फर्किनु भएको छ भने आईसोलेसनमा १ हजार २०३ जना बस्नु भएको छ भने १४६ जना को मृत्यु भएको स्वस्थ्य कार्यालय झापाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker