नवोदयले कर्जा मिनाहाका गर्नुका साथै जिवन प्रदान कोषको रकम हस्तान्तरण

कमल , बेैशाख २० ÷ कमल गाउँपालिका ३ केर्खा स्थित मुख्यकार्यलय रहेको श्री नवोदय बहुउद्देश्यीय सहकारी सस्था लिमिटेडले सदस्यको मृत्यु पश्चात कर्जा मिनाहा गर्नुका साथै जिवन प्रदान कोष वापतको रकम प्रदान गरेको छ ।
सस्थाका सदस्य प्रेमप्रकास कोईरालाका मृत्यु पश्चात कर्जा मिनाहा गर्नुका साथै जिवन प्रदान कोष र सदस्य अवशान कोषको रकम प्रदान गरेको छ ।
सस्थाको नियम अनुसार सदस्य को मृत्यु पछि प्रदान गरिने जिवन प्रदान कोष वापत २० हजार, सदस्य अवसान कोष वापत २० हजार र सदस्यको श्रीमानको मृत्यु पश्चात पाउने जिवन प्रदान कोष वापत १० हजार गरि जम्मा ५० हजार रुपैया मृतकका आफन्तलाई सस्थाका अध्यक्ष शरण कुमार पराजुलीले प्रदान गर्नु भएको थियो ।

No posts found.
This image has an empty alt attribute; its file name is za-1024x472.jpg


त्यसैगरी मृतक कोईरालाकी श्रीमती विष्णुमाया रिजालले विना धितो लिएको १ लाख ५० हजार रुपैया कर्जा समेत मिनाहा भएको सस्थाका व्यवस्थापक फणिन्द्र वहादुर कार्किले जानकारी दिनुभयो ।
६५ वर्षको उमेरमा हृदयघातका कारण मृत्यु भएका कोईरालाका श्रीमती, र १ जना छोरा तथा १ जना छोरी हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker