नेपाल पत्रकार महासंघ झापा शाखाको आज बसेको बैठकले गरेका विभिन्न निर्णय

नेपाल पत्रकार महासंघ झापा शाखाको आज बसेको बैठकले विभिन्न निर्णय गरेको छ ।
महासंघका झापा शाखाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा विर्तामोड स्थित महासंघको कार्यलयमा बसेको दोस्रो वैठकले कोभिड–१९ संक्रमणको दोस्रो लहर र यसले बढाएको जोखिमको सन्दर्भमा महासंघ तथा समग्र सञ्चार क्षेत्रले गर्नुपर्ने कार्यका बारेमा विभिन्न निर्णय गरेको छ ।
१) समन्वय र समस्या समाधानको पहल बारे
क) कोभिड–१९ को दोस्रो लहरको प्रभावबाट प्रेस स्वतन्त्रता, श्रमजीवी पत्रकार तथा सञ्चारगृहमा उत्पन्न हुनसक्ने समस्याको समाधान, समन्वय लगायतका कार्यका लागि उपाध्यक्ष केशव भट्टराईको संयोजकत्वमा सचिव डिकेश लामा,सहसचिव राजु पाठक, कार्य समिति सदस्यहरु सन्तोष शर्मा,मनिषा चम्लागाईं, रञ्जित परियार,राजन साम्पाङ, सुनीरा मैनाली, सुष्मा राजवंशी र द्रोण अधिकारी सदस्य रहेको समिति गठन गरेको छ ।
त्यस्तै महासंघले कोरोना भाइरसबाट संक्रमति पत्रकारलाई घरमै चिकित्सकको परामर्शमा आवश्यक पोषिलो खानेकुराको प्याकेज, मास्क, सेनिटाइजर, आवश्यकता अनुसार अक्सिजन सिलिण्डर निःशुल्क उपलब्ध गराउने निर्णय गरेको छ । भने पत्रकारको पीसीआर परीक्षण, आवश्यक परे अस्पताल भर्ना, औषधि व्यवस्थापन, चिकित्सकको मनोपरामर्श, कोरोनाविरुद्धको खोप लगाउन छुटेका पत्रकारहरुका लागि खोप व्यवस्थापन लगायतका कार्यमा सहजीकरण गर्नुका साथै बिमा भएकाहरुको हकमा बिमा रकमको भुक्तानी दावी प्रक्रिया अघि बढाउने र महासंघको क्षमता अनुसार प्रदेश र केन्द्रीय समितिसंग समेत समन्वय गरी आवश्यक सबै सहयोग गर्ने निर्णय गरिएको छ । यसैगरी हासंघका सदस्यहरु राजु अधिकारी, पुष्प बराल , नरेन्द्र ढकाल र बीरु दर्नाल सावधानी अपनाउदा अपनाउदै पनि कोरोना भाइरसबाट संक्रमित भई हाल होम आइसोलेसनमा रहनुभएकाले महासंघ उहाँहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै बैठकले केन्द्रीय समितिले गठन गरेको समितिसँग समन्वय गरी कोभिड–१९ को दोस्रो लहरबाट जिल्लामा उत्पन्न हुनसक्ने समस्या र चुनौतीहरु सामना गर्ने गरी क्रियरुपमा काम गर्न यस समितिलाई निर्देश गरेको हमासंघ झापा शाखाका सचिव डिकेश लामा द्वारा प्रसित विज्ञप्तीमा उललेख गरिएको छ ।

No posts found.

२) अनुगमन बारे
महासंघले कोभिड–१९ को दोस्रो लहरको प्रारम्भिक स्वरुप विश्लेषण गर्दा सञ्चार क्षेत्रमा गम्भीर समस्या उत्पन्न हुने आँकलन गर्दै महासंघले समग्र विषयको अनुगमन तथा समन्वय गर्न उपाध्यक्ष सुशीला संग्रौलाको संयोजकत्वमा सहसचिव अर्जुन राजवंशी, कोषाध्यक्ष रञ्जीत प्रसाई, कार्यसमिति सदस्यहरु स्वस्तिका आचार्य, बिनोद पाण्डे,चिरन घिमिरे, होमप्रकाश अधिकारी , अच्युत सुवेदी र अनिल वाग्ले सदस्यहरु रहेको समिति गठन गरेको छ ।
३) सरकारको ध्यानाकर्षणबारे
क) सम्भावित जोखिमबाट सञ्चार क्षेत्रलाई जोगाउँदै पत्रकारले कोभिड महामारीका बीचमा पनि निर्वाध र सहजरुपमा काम गर्ने वातावरण निर्माणका लागि महासंघ सरकारसँग विशेष आग्रह गर्दछ । सञ्चार क्षेत्रमा स्वास्थ्य सामग्रीको सहज उपलब्धता, खोप लगाउन छुटेका पत्रकारलाई तत्काल खोप लगाउने व्यवस्था मिलाउन ,पत्रकारहरुका लागि सहज तरिकाले निःशुल्क पिसिआर परीक्षणको व्यवस्था मिलाउन साथै कोरोना संक्रमण भई उपचारको आवश्यकता भएका पत्रकारहरुका लागि निःशुल्क उपचारको प्रवन्ध मिलाउन महासंघ सरकारसंग माग गर्दछ । भने अहिलेको विषम परिस्थितिमा श्रमजीवी पत्रकार र सञ्चार प्रतिष्ठानहरुलाई राहत र सहुलियतको व्यवस्थाका लागि महासंघ सरकारसँग माग गर्दै कोभिड–१९ को दोस्रो लहरको प्रभाव न्यूनीकरणका लागि सचेतना जगाउने लगायत महामारी नियन्त्रणका सबै अभियानमा शसक्त भूमिका निर्वाह गर्न सबै सञ्चारकर्मी तथा सञ्चारगृहको तर्फबाट महासंघ प्रतिवद्धता व्यक्त गर्दछ । महामारी नियन्त्रणका लागि सचेतना जगाउने सन्देशमूलक सूचना सबै सञ्चारमाध्यमलाई उपलब्ध गराउन महासंघ स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारसंग माग गर्दछ भन्ने कुरा विज्ञप्तीमा जनाईएको छ ।
४) सञ्चारकर्मीलाई अपिल बारे
पेशागत कर्म निर्वाहका क्रममा संवेदनशील भई स्वास्थ्य सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर पूर्णसतर्कताका सम्पूर्ण स्वास्थ्य सुरक्षाका उपाय र मापदण्डहरु अवलम्बन गर्र्दै पेशागत कर्तव्य पूरा गर्न महासंघ आम सञ्चारकर्मीलाई आग्रह गर्दछ । भने महासंघ आमसञ्चारकर्मीमा महामारीको यो कठिन समयमा पत्रकार आचारसंहिताको पूर्ण पालना गरी सत्यतथ्य समाचार सामग्री संप्रेषण गर्दै जनताको सुसूचित हुने अधिकारको प्रत्याभूतिका लागि कर्तव्य पालना गर्न अपिल गर्दछ ।
५) सञ्चारगृहलाई अपिल बारे
सञ्चारगृहमा कार्यरत सञ्चारकर्मी र कर्मचारीका लागि स्वास्थ्य सतर्कतामा विशेष ध्यान दिई काम गर्ने वातावरण मिलाउन महासंघ सञ्चारगृहलाई आग्रह गर्दछ । समाचारकक्षमा भौतिक दूरी कायम गर्न, सकभर घरबाटै काम गर्ने वातावरण मिलाउन, पर्याप्त स्वास्थ्य सामग्रीको व्यवस्थापन गर्र्न र प्रविधिको उच्चतम प्रयोग गरेर सुरक्षित वातावरण निर्माण गर्न महासंघ सबै सञ्चार प्रतिष्ठानलाई आग्रह गर्दछ । अग्रपंत्तिमा काम गर्ने पत्रकारहरुका लागि सुरक्षित वातावरण तयार पार्न, समयमै पारिश्रमिक र अन्य सुविधा उपलब्ध गराउन महासंघ सबै सञ्चार गृहलाई आग्रह । साथै, कारोना संक्रमणले उत्पन्न गराएकोे अवस्थाको बहाना बनाई श्रमजीवी पत्रकारहरुलाई कामबाट हटाउने, पारिश्रमिक घटाउने र बेतलबी बिदा दिनेजस्ता कार्य नगर्न तथा पत्रकारको बाँकी बक्यौता रकम तत्काल भुक्तानी दिन महासंघ सबै सञ्चारगृहलाई आग्रह गर्दछ । ं
६) महासंघको वेबसाइड सञ्चालन बारे
महासंघबारे जानकारी दिन , आवद्ध सबैको विस्तृत विवरण तथा नियमित गतिविधि सहज रुपमा सबै सामु पुर्याउन महासंघ झापा शाखाको वेबसाइट तत्काल सञ्चालनमा ल्याउने र त्यस सम्वन्धी आवश्यक सामग्री संकलन, अपलोड लगायतका सम्पूर्ण कार्य गर्नका लागि हासंघका सचिव डिकेश लामाको संयोजकत्वमा कार्य समिति सदस्यहरु बिनोद पाण्डे, सुनिरा मैनाली, सन्तोष शर्मा र चिरन घिमिरे सदस्य रहेको मिति गठन गरिएको विज्ञप्तिमा जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker