कमलनगर जेसीजको आतिथ्यतामा एरिया ए प्रेसिडेण्ट मिट सम्पन्न

उमानाथ भण्डारी

No posts found.

कमल , बैशाक १२÷ नेपाल जेसीजको आयोजना तथा कमलनगर जेसीजको आतिथ्यतामा शनिवार एरिया ए प्रेसिडेण्ट मिट सम्पन्न भएको छ ।
कमल गाउँपालिका वडा नम्वर ५ स्थित होटल रोडवेज एण्ड पार्टि प्यालेसमा सम्पन्न एरिया ए प्रेसिडेण्ट मिटमा मलङ्गवा पुर्व रहेका ४१ वटा जेसीज शाखाका अध्यक्षहरुको उपस्थिती रहेको थियो ।


कार्यक्रमका प्रमुख अतिथी मरिसस को अवैधानिक वाणिज्य राजदुत गणेश कार्कि र विशेष अतिथी कमल गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्लेले संयुक्तरुपमा कमल नगर जेसिजले तयार पारेको २०७८ सालको क्यालेण्डर विमोचन तथा कमलनगर जेसिजले तयारपारेको वृतचित्रको प्ले बटम थिचेर कार्यक्रमको उद्घाटन गरिएको थियो ।

This image has an empty alt attribute; its file name is c59-1024x472.jpg


उद्घाटन पछि कार्यक्रम सफलताको शुभकामना मन्तव्यका क्रममा बोल्दै प्रमुख अतिथी काकिले युवाले मात्र समृद्ध नेपाल बनाउन सक्छन् र त्यो काम भनेको जेसीजको तर्फ बाट मात्र सम्भवहुने बताउनु भयो ।
त्यसैगरी कोभिड १९का कारण धेरै युवा विदेश बाट फर्किएका छन् । उनिहरलाई अव स्वादेशमै रोजगारीको व्यावस्था मिलाउन आवश्यक छ । यसकालागी सरकारले निजि उद्योग सन्चालनकालागी आवश्यक व्यवस्था मिलाउन आवश्यक छ । हामिले विदेशी उत्पादन प्रथमिकता दिदै आईरहेको अवस्था छ । नेपाली उत्पादन पनि विदेशी भन्दा कम नभएकोले हामि सबैले स्वदेशी उत्पादनलाई साथ दिनुपर्छ तव मात्र देश सम्वृद्ध हुने कार्किले बताउनु भयो ।

This image has an empty alt attribute; its file name is vg-1024x472.jpg


कमल गाउँपालिकामा जेसजिको क्षेत्रिय भेला आयोजना गर्नु भएकोमा सर्ब प्रथम नेपाल जेसिजलाई धन्यवाद दिन चाहान्छु । जेसीजमा आवद्ध भएर धेरै युवाहरु देश निर्माणमा लाग्नु भएको छ । यो अत्यन्तै राम्रो हो कतिपय युवाहरु आजपनि कुलतमा फसेर आफु र आफ्नो घरपरिवार का साथ समाजमा विकृती निम्त्याई रहेका छन् यसमा हामि सबै मिलेर यसको अन्त्यगर्न आवश्यक छ । देशमा विकास निर्माण सम्वन्धि धेरैकाम भएका छन् अव देशमा आर्थिक क्रान्ति गर्नु छ । त्यसकोलागी हामि कृषि क्रान्तिमा लागीपरेका छौ । कोभिड १९ का कारण धेरै युवा विदेश बाट फर्किएर आउनु भएको छ वाहाँहरुलाई रोजगारीकालागी गाउँपालिकाले विभिन्न कार्यक्रम ल्याएको कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेले बताउनु भयो ।

This image has an empty alt attribute; its file name is fg56-1024x472.jpg


जेसीजमा लागेर आफुले आफुलाई कति परिवर्तन गर्न सके यसको मुल्याङ्कन आफै गर्नुहोस् । सधै स्वस्थ्य रहनुहोस् , स्वस्थ्य भए मात्र तपाईले समाज रुपान्तरण गर्न सक्नुहुन्छ । तपाई जेसीजको अध्यक्ष भएकोले सबैको ध्यान तपाईतर्फ हुन्छ त्यसैले आफुलाई परिवर्तन गर्नुहोस् । यो देशलाई सम्वृद्ध बनाउने जिम्मा तपाई हाम्रो हो । त्यसैले समाज बाट विकृति र विसंगति हटाउदै सम्वृद्ध नेपाल बनाउन आजै देखी लाग्न नेपाल जेसीज वर्ष २०२१ का उपाध्यक्ष जेसी अरुण कुमार दाहालले बताउनु भयो ।

This image has an empty alt attribute; its file name is 1-1024x472.jpg


कमल नगर जेसीजका वर्ष २०२१ जेसी छत्रपति खनाल (गोपाल ) अध्यक्षतामा कार्यक्रमको पहिलो सत्र सम्पन्न भएको थियो ।
कमल नगर जेसीजका वर्ष २०२१ महासचिव जेस महेश भण्डारीले सन्चालन गर्नु भएको थियो भने कार्यक्रम निर्देशन वर्ष कमल नगर जेसीज २०१७ का अध्यक्ष जेसी केदार कटुवालले शाब्दि शब्द द्वारा शुभकामना मन्तव्य राख्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

Close
Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker