स्वास्थ्य चौकी सन्चालनका लागी आवश्यक न्युनतम सेवा मापदण्ड बारे अन्तरकृया

उमानाथ भण्डारी

कमल, चैत १९÷स्वास्थ्य चौकीको न्युनतम सेवा मापदण्ड बारे आज झापाको कमल गाउँपालिकामा समिक्षात्मक कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल सरकारले तोकेको स्वास्थ्य चौकीको न्युनतम सेवा मापदण्ड कार्यान्वयन सुदृढिकरण सम्वन्धि स्वस्थ्य चौकी तोपगाछीको आयोजनामा गाउँपालिकाका जनाप्रतिनिधी, स्वास्थ्य चौकी व्यास्थापन समिती, कर्मचारी सहितको उपस्थितीमा समिक्षात्मक कार्यक्रम सम्पन्न भएको थियो ।
स्थानिय तहमा सन्चालनमा रहेका स्वस्थ्य सस्थाको न्युनतम आधारभुत मापदण्डमा रहेर गुणस्तरीय सेवा प्रभावगर्न चाहिने अति आवश्यकिय कुराहरु पुरा गर्नु पर्ने हुन्छ । स्वास्थ्य चौकी सन्चालनमा आवश्यक पर्ने सम्पुर्ण समानको व्यावस्था गर्न सविंधानले नै एकल अधिकार स्थानिय तहलाई जिम्वेवारी दिएको स्वस्थ्य कार्यलय झपाका कार्यक्रम संयोजक जिवन चम्लागाईले बताउनु भयो ।
आफु निर्वाचित भएर आएपछि स्वास्थ्य चौकीको गुणस्तर सुधारका लागी धेरै काम गरेका छौ । कमल गाउँपालिकामा रहेका जनताले स्वास्थ्य चौकी बाट धेरैधेरै सुविधा लिउन् भनेर हामि स्वास्थ्य चौकीको गुणस्तर सुधारका लागी लागी परेको कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लले बताउनु भयो ।
विकास निर्माणले मात्र जनताका सबै आवश्यकता पुरा हुँदैन । हिजोका भन्दा आज स्वस्थ्य क्षेत्रमा ठुलो परिवर्तन भएको छ । जनता स्वस्थ्य भएमात्र संवृद्ध नेपाल सुखि नेपालीको नारा पुराहुने कमल गाउँपालिकाका उपाध्यक्ष बेनु सिवाकोटीले बताउनुभयो ।
कार्यक्रम १९÷स्वास्थ्य चौकी तोपगाछीका व्यावस्थापन समिती अध्यक्ष तारानाथ न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker