झापामा हात्तीपाइले रोग निवारण अभियान अन्तरगत आम औषधी वितरण कार्यक्रमको सम्पुर्ण तयारी पुरा

उमानाथ भण्डारी

No posts found.

कमल , चैत १८÷ स्वस्थ्य कार्यलय झापाले आज विर्तामोडमा पत्रकार सम्मेलनगरी हात्तीपाइले रोग निवारण अभियान अन्तरगत आम औषधी वितरण कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको जानकारी गराएको छ ।
१० औ पटक राष्ट्रिय अभियान आम औषधी वितरण (एमडीए) कार्यक्रम यहि चैत २० गते देखी चैत मसान्त सम्म झापा जिल्लाका सम्पुर्ण नागरपालिका तथा गाउँपालिकामा अवस्थित स्वस्थ्य केन्द्रमा औषधि खुवाउने कार्यक्रम रहेको छ । औषधी खुवाउनकालागी ६ सय स्वस्थ्यकर्मि तथा ६ सय स्वस्थ्य स्वयमसेविका खटिने स्वस्थ्य कार्यलयले जनाएको छ ।
हात्तीपाइले रोग एक प्रकारणको परजिवी जुकाबाट हुने र लामखुट्टेको टोकाई बाट सर्ने तथा मानिसलाई कहिलै निको नहुने अशक्त , असमर्थ तथा आपाङ्ग बनाउने सरुवा रोग हो । यसको औषधी २ वर्ष मुनाका वालकालिका , गर्भवती महिला र सिकिस्त विरामी बाएक सबैले अनिवार्य सेवन गर्नु पर्ने स्वस्थ्य कार्यलय झापाका फोकल पर्सन जिवन चौंलागाईले बताउनु भयो ।
हात्तीपाइले रोग लगाउने परजिवि शरिरमा प्रवेश गरेको १२ वर्ष पछि मात्र रोगको लक्षण देखिने र त्यसपछि कुनै उपचार सम्भव नहुने भएकोले समयमै अनिवार्य औषधी सेवन गर्नुपर्ने हुन्छ । रोगको लक्षण देखिए पछि रोगी व्याक्ति शिक्षा, स्वस्थ्य, रोजगारी बाट पछि पर्ने र सामजिक रुपमा समेत अपमान सहनु पर्ने भएकोले बेलैमा बुद्धि पुर्याए औषधी सेवन गर्न कार्यलयले अनुरोध गरेको छ ।
जतिधेरै विरामी उतिधेरै रोग सर्ने सम्भावना हरेकोले रोगिको सख्यामा कमि ल्याउनका लागी हरेक नागरीकले अनिवार्य औषधी खानुपर्ने हुन्छ । गतवर्ष को तथ्याङ्क हर्ने हो भने झापामा हात्तीपाइले रोगका कारण खुट्टा सुन्निने ७२ जना, हाईड्रोलसिलका ३ सय ७२ जना र हात तथा स्तन सुन्निएका १ सय १० जना गरी जम्मा ५ सय ५४ जना विरामी रहेको कार्यलयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

Close
Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker