माङसेबुङगाउँपालिका कृषकलाई बाख्रा पालन तालिम

उमानाथ भण्डारी

No posts found.

कमल , चैत ९। सोसियल ईन्फ्राईस्ट्रक्चर मेनेजमेन्ट सर्भिस प्रा.लि. बिर्तामोडको आयोजना र माङसेबुङगाउँपालिका २ नम्वर वडा कार्यालय ईलामको आर्थिक सहयोगमा ३ दिने बाख्रापालन तालिम सोमवारबाट सुरुभएको छ ।
पराम्परागत रुपमा जिविको पार्जनका लागी मात्र पालिदै आएको बाख्रा पाललन लाई नयाँ प्रविधिका साथ व्यासायीक रुपमा अगाडी बढाउन आवश्यक भएको र त्यसका लागी कृषकलाई तालिमको आवश्यकता पर्ने भएकोले यो तालिमको आयोजना गरिएको माङसेबुङगाउँपालिका का अध्यक्ष डिकेन्द्र ईदिङगो ले बताउनु भयो ।

This image has an empty alt attribute; its file name is 1-3-1024x472.jpg


यस क्षेत्रका ९० प्रतिशत जनता कृषि पेसामा निर्भर छन् । कृषि पेशा बाट मात्र आर्थिक विकास हुने भएकोले अवको दिनमा युवालाई कसरी कृषि पेशा तर्फ आकर्षण गर्न सकिन्छ भनेर गाउँपालिकाले विभिन्न कार्यक्रम सन्चालनमा ल्याएको छ । हिजोका दिनमा हामी परम्परागत रुपमा जिविको पार्जनका लागी मात्र गर्दै आएको कृषि पेशा लाई आधुनिकी करण गदै व्यवसायीक बनाउन यस्ता तालिमले सहयोग पुग्ने माङसेबुङ गाउँपालिकाकी उपाध्यक्ष सुनिता सुब्बाले बताउनु भयो ।
वडा कार्यलयले जनताको चाहाना अनुरुप क्षेत्रगत रुपमा विभिन्न तालिम सन्चालन गर्दै छ । त्यसै अनुसार वाख्रा पालनमा आवद्ध कृषकका लागी यो तालिम आयोजना गरिएको हो । यो तालिम बाट सिकेका कुरालाई व्यवहारीक रुपमा कार्यान्वयन गर्न माङसेबुङगाउँपालि २ नम्वर वडा अध्यक्ष पुष्पराज कार्कीले बताउनु भयो ।
तालिमा ३० जना पुरुष र १३ महिला गरी जम्मा ४३ जान कृषक तालिममा सहभागी रहेका थिए । तालिमामा वाख्रापालनको महत्व, बाख्रका जात , खोर व्यवस्थापन, आहारा व्यवस्थापन ,बाख्रमामा लाग्ने प्रमुख रोग लगाएतका विषयमा पशुस्वास्थ्य प्राविधिक उमानाथ भण्डारीले सहजिकरण गर्नु भएको थियो ।
सोसियल ईन्फ्राईस्ट्रक्चर मेनेजमेन्ट सर्भिस प्रा.लि. बिर्तामोडकाका प्रवन्धक शान्तिराम पोख्रेलले सन्चालन गरेको तालिममा अतिथी तथा सहभागीलाई २ नम्वर वडा सचिव हेमसागर घिमिरेले तालिम सालताको शुभकामना दिनुभयो थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker