झापाको दमकमा सुविधासम्पन्न विष्ट फ्याक्ट्री सञ्चालन

उमानाथ भण्डारी

No posts found.

कमल , चैत ५÷ झापाको दमकमा सुविधा सम्पन्न विष्ट फ्याक्ट्री सञ्चालनमा आएको छ ।
दमक ५ स्थित फागुनन्द चौक एन.आई. सि. एसिया बैकं भएको भवनको माथिल्लो तलामा दमककै सुविधासम्पन्न विष्ट फ्याक्ट्री (जिम हाउस) सञ्चालनमा आएको विनोद भट्टराईले जानकारी दिनुभयो ।
दकमका व्यासायी फिजीयोथेरापी विनोद भट्टराई, बडिविल्डर बिशाल पौडेल र व्यवसायी सुमन गौतमले दमककै सुविधासम्पन्न व्यायमशाला विष्ट फ्याक्ट्री सञ्चालनमा ल्याउनु भएको हो ।
यसैसाता सञ्चालनमा आएको उक्त विष्ट फ्याक्ट्री (जिम हाउस) दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठले उद्घाटन गर्नु भएको थियो ।
यायमशाला उद्घाटन कार्यक्रममा दमक उद्योग वाणिज्य संघका उपाध्यक्ष गोपाल गुरागाई त्यस्तै दमक जेसिसका अध्यक्ष सुयोग खरेल, कानुनि सल्लाकार सन्दिप न्यैपाने र जेसिसका अन्य सदस्यहरु तथा लायन्स क्लबका सदस्य व्यावसायी तथा सामाजिक व्याक्तिको उपस्थितीमा व्यायमशाला उद्घाटन गरिएको हो ।

This image has an empty alt attribute; its file name is ds-1024x571.jpg


फिजीयोथेरापिष्ट भट्टराईका अनुसार जिम हलमा अत्याधुनिक उपकरणहरु रहेका छन् । दमकको विकासमा जिम क्लवको ठूलो महत्व राख्ने वहाँले वताउनु भयो । जिम हलमा सर्टिफाईट टेनर, लकरको सुविधा, मेडिकल गाईडेन्स, हाइजेनिक वातावरण तथा प्रविधिमैत्री रहेको छ ।
। सुविधासम्पन्न हलमा योगा, जुम्बा, बडिविल्डिङ्ग, सम्पूर्ण शारीरिक व्यामको लागि उपकरण तथा पर्शनल ट्रेनर जस्ता सेवा रहेको सञ्चालक सुमन गौतमले जानकार िदिनुभयो ।
महिला र पुरुष दबुैले लाई सिक्न व्यवस्थापन गरिएको जिममा अन्य जिमको तुलनामा स्तरिय भएको सञ्चालकको दावि छ । दमकमा पछिल्ला समय व्यवसायिक रुपमा जिम हाउस खुल्ने क्रम बढ्दो छ । दमकमा आधा दर्जन बढी जिम हाउस सञ्चालनमा छन् ।
दमक जेसीजका अध्यक्ष सुयोग खरेलले स्वास्थ्य जीवनयापनका लागि व्यायम उपयोगी हुने भएकाले व्यायममा भर्ना हुने आफ्ना सदस्यहरुलाई भर्ना वापत लाग्ने शुल्कमा २० प्रतिशत छुट दिने गरि संझौता गरिएको जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker