कोभिड १९ विरुद्ध दोश्रो चरणको खोप अभियान चैत १ देखी सुरु

कमल गाउँपलिकामा पहिलो दिन ३५९ जनाले लगाए खोप

उमानाथ भण्डारी

No posts found.

कमल, चैत १ ÷ दोश्रो चरणको खोप अभियान अन्तरगत चैत १ गते देखी ५ गते सम्म ६५ वर्ष भन्दा माथीका जेष्ठ नागरिकलाई कोभिड १९ विरुद्धको खोप लगाउन सुरु गरिएको छ ।
नेपाल सरकारले जेष्ठ नागरिकलाई खोप लगाउनु सहजहोस भनेर पालिका स्तरमा नै खोप लगाउने व्यवस्था मिलाएको छ । आईतवार बाट सुरु गरिएको खोप अभियान अन्तरगत कमल गाउँपालिकामा ३ सय ५९ जनाले खोपलगाउनु भएको स्वस्थ्य शाखाले जनाइएको छ ।

This image has an empty alt attribute; its file name is df-1-1024x472.jpg


जसमा तोपगाछी क्षेत्रमा श्री शहिद धर्मभक्त माध्यामिक विध्यालय केन्द्रमा पुरुष ९२ जना र महिला ९२ जना गरि जम्मा १ सय ८४ जनाले खोप लागउनु भएको थियो । त्यसैगरी लखनपुर क्षेत्र अन्तरगत कोभिड अस्पताल केन्द्रमा पुरुष ९८ जनार महिला ७७ जना गरि जम्मा १ सय ७५ जना जेष्ठ नागरिकले कोभिड १९ विरुद्धको खोप लगाउनु भएको लखनपुर स्वस्थ्य चौकी प्रमुख विमल थापाले जानकारी दिनुभयो ।

This image has an empty alt attribute; its file name is asw-1024x472.jpg


खोपलगाए पनि हुन सक्ने विभिन्न असरका बारेमा गलत अफवाह फैलाए पनि खोप लगाएका जेष्ठ नागरिकलाई कुनै पसिन किसिमको असर नदेखिएको स्वस्थ्य शाखाले जनाएको छ ।
गाउँपालिकाले नागरिकलाई सहजरुपमा खोप लगाउन सकियोस भनेर वडाका विभिन्न ठाउँका खोप केन्द्र सन्चालन गरिने र त्यसका लागी आवश्यक सहयोगकालागी जनप्रतिनिधी, टोल विकास सस्था, स्थानिय संघ सस्थासंगको सहकार्यमा खोप सन्चालन गरिने कमल गाउाँपलिका स्वस्थ्य शाखाका प्रमुख बाबुराम थुलुङ्गले जानकारी दिनुभयो ।

This image has an empty alt attribute; its file name is koo.jpg


दोश्रो चरणको खोप अभियान अन्तरगत कमल गाउँपालिकामा ६ हजार ३ सय १८ जना लक्षित बर्ग रहेका छन् र वहाँहरुलाई व्यवस्थित रुपमा खोप लगाउनकालागी ११ वटा खोप केन्द्र सन्चालन हुनेछन् र सो खोप केन्द्रमा स्वस्थ्य कर्मि र स्वयम सेवक गरि १२ जना खटिनुहुने प्रमुख थुलुङ्गले जानकारी दिनुभयो ।
पहिलो पटक खोप लगाएको ८ हप्ता पछि पुन दोश्रो पटक खोप लागाउनु पर्छ । उच्च जोखिममा रहेका वाहेक सबैले अनिवार्य खोप लगाउन सकिने स्वस्थ्य कर्मिले जानकारी दिनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker