भटाभट कुखुरा मर्न थालेपछि कमलका कुखुरा पालक कृषक हैरान

उमानाथ भण्डारी

कमल, फागुन २५ ÷ कृषकका खोरमा भएका कुखुरा मर्न थालेपछि यति वेला कुखुरा पालक कृषक हैरान भएका छन् ।
कृषकले पालेका कुखुरा दशदिन देखी भटाभट मर्न थालेपछि कृष हैरान भएका हुन् ।
यतिबेला बजारमा बोईलर कुखुराको अभाव भएको छ । त्यहि बेला दुईचार हजार नाफा हुने आशामा पालिएका कुखुरा भटाभट मर्न थालेपछि आर्थिकक्षती भएका कारण कृषक हैरान भएका हुन् ।
कमल गाउँपालिका वडा नम्वर ६ स्थित रेसु कृषि फर्ममा फालिएका कुखुरा १० दिन देखी भटाभट मर्न थालेका हुन् । कुखुरा के कारणले मरेका हुन पशुचिकित्सकले बताउन नसकेको र औषधी प्रयोग गर्दा समेत कुखुरा मर्न नरोकिएको रेसु कृषि फर्मका सन्चालक ईन्द्र दाहाल बताउनुहुन्छ ।
पछिल्लो समय बोईलर कुखुराको चल्ला र मासुकालागी योग्य माउ कुखुराको अवाभ छ । यसैको मौका छोपेर विभिन्न नाकाहुँदै भारत बाट ल्याएका माउँ कुखुराका कारण रोग सरेको हुनसक्ने दाहाल बताउनु हुन्छ ।

This image has an empty alt attribute; its file name is a-1024x472.jpg


खुल्ला रुपमा कुखुरा भित्र्याएका कारण यो समस्या आएको हो । कुनकुन नाका बाट अवैध रुपमा कुखुरा भित्रिदै छन् त्यो आफुलाई जानकारी छ । यदि सबैको सहयोग पाएमा अबैध कुखुरा रोक्न सकिने वहा बताउनुहुन्छ ।
मासुमा आत्मनिर्भर बनाउनकालागी सरकार लागी परेको बेला किसान यो अवस्था हेर्ने हो भने देश कहिले मासुमा आत्म निर्मर बन्ला ? यस्तो अवस्था बेलामा वोईलर पालक कृषकलई राहातको प्याकेज उपलब्ध भए राम्रो हुने ईन्द्र दाहाल बताउनु हुन्छ ।
३५ दिन अगाडी १ हजार ४ सय चल्ला खोरमा हालेकोमा आज सम्ममा ९ सय कुखुरा मरिसकेकाछन् । दाहालको मात्र नभएर छिमेकी सुमन सिटौला र शेखर उप्रेती को समेत कुखुरा भरेर सोत्तर भएको दाहालले बताउनुभयो ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

Close
Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker