पतन्जली योग कमलको छैंटौं वार्षिक उत्सवको अवसरमा योग विज्ञान शिविर

उमानाथ भण्डारी
कमल, फागुन २१ ÷ पतन्जली योग समिती कमल गाउँ समितीको छैंटौं वार्षिक उत्सवको अवसरमा आयोजना गरेको वृहत योग विज्ञान शिविरको आज दोश्रो दिन पनि भव्य उपस्थितीका बिच सम्पन्न भएको छ ।
“गरौं योग , रहौं निरोग” भन्ने अभियानका साथ कमल गाउँपालिका ३ स्थित शहिद धर्मभक्त माध्यमिक विध्यालयको मैदानमा सन्चालन भएको योग शिविरको पहिलो दिन पतन्जली योग समिती झापाका अध्यक्ष देवि प्रसाद घिमिरे र उपाध्यक्ष कैलाश डाँगी ले कक्षा सन्चालन गर्नु भएको थियो भने शिविरको दोश्रो दिन दमक नगर कमिटी अध्यक्ष दुर्गा भण्डारीले प्रणायम,आसन , ध्यानका साथै आहार विहारका बारेका सहजी करण गर्नु भएको थियो ।
शिविरमा कमल गाउँपालिका एक सय जना भन्दा बढी योग शिक्षक सहित नयाँ साधक साधिकाको उपस्थिती रहेको छ । शिविर आगामी फागुन २६ गते सम्म सञ्चालनहुने र त्यसपछि नियमित कक्षा सन्चालन हुने पतन्जली योग समिती कमल गाउँ समितीका माहामन्त्री तिलोचन गौतमले जानकारी दिनुभयो ।
पतन्जली कमलमा पुन ःओझा
पतन्जली योग कमल गाउँ समितीको अध्यक्षमा आगामी कार्यकालका लागी पुन कृष्ण प्रसाद ओझा सर्वसम्मत चयन हुनुभएको छ ।

कमल गाउँपालिकामा रहेका योग शिक्षक हरुको विहिवार सम्पन्न सत्सङ्गले अध्यक्षमा ओझा सहित उपाध्यक्षमा प्रेम बिमली ,माहामन्त्री तिलोचन गौतम ,सह माहामन्त्री गोपाल भट्टराई ,कोषाध्यक्ष मोहन लाल खनाल तथा सदस्यमा दुर्गा अधिकारी, रत्न माया लिम्बू ,बिरेन्द्र सहनी , घनश्याम प्याकुरेल , भगवती राई, रबिन्द्र चापागाईं,डिक बाहादुर लिम्बू , निरा बुडाथोकी , मनमाया कार्की निर्विरोध निर्वाचित हुनुभएको हो ।
त्यसैगरी सोहि सत्सङ्गले योग शिक्षक घनश्याम प्याकुरेल संयोजकमा कमल युवा समिति , ममता गुरुङको संयोजकमा कमल महिला समिति तथा मिना ओझाको संयोजकमा सास्कृतिक उपसमिति तथा संयोजकमा बालकृष्ण अघिकारीको संयोजकमा सल्लाहकार समिति चयन भएको माहामन्त्री गौतमले जानकारी दिनुभयो ।