वालअधिकार सम्वन्धि छलफल तथा परिचयात्मक कार्यक्रम सम्पन्न

कमल, फागुन २० ÷नेपाल बाल संगठन झापाको आयोजनामा आज विर्तामोडमा वाल अधिकार सम्वन्धि छलफल तथा परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ ।
विराट सामुदायीक सहकारी सस्थाको सभाहलमा सम्पन्न कार्यक्रममा जिल्लामा वालवालिकाको क्षेत्रमा कृयाशिल संघ सस्थाका प्रतिनिधी र वावालिकाको क्षेत्रमा कामगर्न ईच्छुक व्याक्ति बिच छलफल तथा परिचयात्मक कार्यक्रम सम्पन्न भएको हो ।
२०४६ साल पछि राजनैतिक अवस्थाका कारण जिर्ण अवस्थामा पुगेको बाल संगठन लाई देशैकै उत्कृष्ट बनाउनका लागी सस्थाको सदस्यता विस्तारगर्ने काम भै रहेको छ । वालवालीका भनेका भविष्यका कर्णधार मात्र नभएर वर्तमानका साझेदार हुन त्यसैले अव सबैको साथ र सहयोगमा वालवालिकाको क्षेत्रमा निरन्तर रचनात्मक कामगर्ने नेपाल बाल संगठन झापाका सदस्य रोशन लामाले बताउनुभयो ।
अव झापामा छिट्टै स्थानिय पालिकाको सहकार्यमा बालबालिकाकालागी वालमैत्री शासन , वाल अधिकारका क्षेत्रमा कामगर्ने छलफल भैरहेको छ । तरपनि बाल संगठनमा कामगर्न धेरै चुनौती छ । पहिलेकोे समितीले काम नगरेको दश वर्ष भएको छ । अव नयाँ टिम बनाएर वालवालिकाको अभिवाहकत्व ग्रहणगर्ने गरि योजना बनाउदै अगाडी बड्ने तयारीमा रहेको नेपाल बाल संगठन झापाका सभापति रुद्र सिटौलाले बताउनु भयो ।
झापामा बाल संगठनको नाममा रहेको भौतिक संरचना पछिल्लो समय वेवारिसे अवस्थामा पुगेको रहेछ अव त्यसलाई संरक्षण गर्ने जिम्वेवारी नयाँ समितीको काँधमा आएको छ । समितीलाई पुर्णता दिन यहि फागुन २९ गते शनिवार संघको भद्रपुर स्थित कार्यलयमा साधारणसभा गर्ने निर्णय समेत भएको अध्यक्ष सिटौलाले बताउनु भयो ।
छलफल तथा परिचयात्मक कार्यक्रमको सहजिकरण नेपाल बाल संगठन झापाका सदस्य फणिन्द्र दाहालले गर्नुभएको थियो । कार्यक्रममा जिल्ला वालपालिकाको क्षेत्रमा कृयासिल संघ सस्थाका प्रतिनिधी तथा वालवालकिाको क्षेत्रमा कामगर्न ईच्छुक व्याक्ति गरी ५० जना भन्दा बढीको उपस्थिती रहेको थियो ।

No posts found.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker