लक्ष्मी साइकल स्टोर द्वारा शोरुमको शुभारम्भ

मनकुमार गदाल

दमक , माघ २८ ÷ लक्ष्मी साइकल स्टोर दमकले आज एक कार्यक्रमको आयोजना गरी साइकल शोरुमको शुभारम्भ गरेको छ ।
झापाको दमक ५ स्थित लक्ष्मी साइकल स्टोरले आफनै नयाँ भवनमा साइकल शोरुमको आयोजना गरेको हो ।
दमक उधोग वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठ र पूर्व अध्यक्ष प्रकाश प्रसाईले शोरुमको रिबन काटेर

This image has an empty alt attribute; its file name is laxmi.jpg


शोरुमको शुभारम्भ गर्नु भएको हो । अध्यक्ष श्रेष्ठले ग्राहकको चाहाना आवश्यकतालाई मध्यनजर गरेर सेवा दिगो हुदै जाओस भन्ने शुभकामना ब्यक्त गर्नु भयो ।
पूर्व अध्यक्ष प्रसाईले साइकलका पार्टस, जिम लगायतको सेवालाई थप प्रभावकारी बनाउदै प्रगति तर्फ लक्ष्मी साइकल स्टोर जावोस भन्ने शुभकामना दिनु भयो । शुरुका दिनमा साइकल मर्मतबाट सेवा शुरु गरेका लक्ष्मी साइकल स्टोरले ३ दर्शक बढी समय देखि साइकल खरिद बिक्रीको सेवा दिदै आएको छ ।
साइकल स्टोरका सञ्चालक कृष्ण शाह तेलीले २०४४ सालबाट साइकल बनाउने सेवा शुरु गरेर अहिले करिब एक करोड बढीको लगानीकामा आधुनिक साइकलका बिभिन्न पार्टस ,साइकलका पारखी युवा पुस्ताको मागलाई ध्यान दिएर सेवा दिइन शुरु गरेको बताउनु भयो ।
स्टोरले माउण्टेन वाइक , गियर साइकल , बच्चाका लागि किड्स साइकल, वाकर ,ट्राई साइकल , केटाकेटीको खेलौना , जिम र फिट्नेटका सामानको खुद्धा तथा थोक विक्रेता रहेको सञ्चालक शाहले बताउनु भयो ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker