बन्दका कारण निजि क्षेत्र प्रभावित हुने भएकोले बन्दकर्तालाई बन्द नगर्न निजिक्षेत्रको अनुरोध ः उपाध्यक्ष श्रेष्ठ

उमानाथ भण्डारी
कमल , माघ २३ ÷ नेपाल उद्योग वाणिज्य संघका वाणिज्य उपाध्यक्ष दिनेश श्रेष्ठले विभिन्न समुहले गरेका बन्द प्रति जिनी क्षेत्र चिन्तित भएको छ । बन्दले निजीक्षेत्रलाई प्रभावित बनाउनुका साथै आर्थिक हिसाबले समेत निजिक्षेत्र प्रभावित हुने भएकोले त्यस्ता कार्यक्रम नगरिदिनुहुन अनुरोध गर्नु भएको छ ।
सो कुरा दमक उद्योग वाणिज्य संघको २९ औं वार्षिक साधारणसभाम उद्घाटन पछि शुभ कामना मन्तव्यका क्रममा उपाध्यक्ष श्रेष्ठले सो कुरा बताउनु भएको हो ।

उद्योग वाणिज्य महासंघ लगायत विभिन्न सस्थाले बन्द भएमा देशको आर्थिक अवस्था अझ बढी प्रभावि पर्ने भएकोले बन्द नगर्न विज्ञप्ति मार्फ जानकारी गराएको समेत उपाध्यक्ष श्रेष्ठले बताउनु भयो ।
९ महिना सम्म कोभिडले थलापारेको निजिक्षेत्र बल्ल अलिअलि तंग्रीन थालेको थियो । अव विभिन्न दलको बन्दले निजीक्षेत्र तहसनहस हुन सक्छ त्यसैले तपाईहरुका आफ्ना मुद्धा केठाभित्र बसेर आफै मिलाउनु होला हिजो निर्वाचनका बेला तपाई हरुका घोषणापत्रमा उल्लेख गरिएका एजेण्डा अनुसार कामगर्नु होला सडकमा आएर बन्द गरेर समस्याको हल हुन नसक्ने समेत उपाध्यक्ष श्रेष्ठले अनुरोध गनुृभयो ।

त्यसैगरी समितीले काम गरेन भन्नु भन्दा आफुले संघकालागी के गरियो भनरे व्यवसायीले सोच्नुपर्ने हुन्छ । संघले सुरु गरेको हितकोष प्राप्त गर्नकालागी व्यवसायीले समयमै नविकरण र संघले तोकेको शुल्क तिर्न दमक उद्योग वाणिज्यका निवर्तमान अध्यक्ष राजेन्द्र ढकालले बताउनु भयो ।

कार्यक्रममा पुर्व अध्यक्ष प्रकास प्रसाई, आन्तरिक राजस्व कार्यलय दमकका प्रमुख डम्वरु पराजुली, उद्योग वाणिज्य संघ प्रदेश नम्वर १ का सदस्य टिकाराज ढकाल र प्रदेश नम्वर ३ का दिल शुन्दर श्रेष्ठ , केन्द्रिय सदस्य तथा ताम्लेजुङ उद्योग वाणिज्य संघमा अध्यक्ष तारा प्रसाद घिमिरे दमक नगरपालिका वडा नम्वर ७ का अध्यक्ष भिम प्रसाद पौडेल लगायतले साधारणसभा सफलताको शुभकामना मन्तव्य राख्नुभएको थियो ।
दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई प्रथम उपाध्यक्ष राजु खड्काले सन्चालन गर्नु भएको थियो भने वरिष्ठ उपाध्यक्ष गोपाल गुरागाईले शाब्दिक शब्द द्वारा स्वगत मन्तव्य राख्नुभएको थियो ।
पत्रकार सहित दर्जन बढी सम्मानित

दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रम २९ औं वार्षिक साधारणसभामा पत्रकार सहित दर्जन वढी उत्कृष्ट व्यवसायीलाई सम्मान गरिएको छ ।
सम्मानित हुने पत्रकार जिवन चुडाल लाई नगद ११ हजार ५ सय ११ रुपैया र सम्मान पत्र द्वारा सम्मान गरिएको थियोभने व्यवसायी ईन्द्रसिंह अग्रवाल, महिला उध्यमि ईन्दिराकुमारी बाँस्तोला (भट्टराई) लाई दोसल्ला का साथै सम्मान पत्रले सम्मान गरिएको थियो ।
यसका साथै विभिन्न उद्योग वाणिज्य संघ बाट प्रदेश केन्द्र र प्रदेशमा प्रतिनिधीत्व गर्ने व्यवसायी टिकाराज ढकाल, पशुपति बराल, सुभाष आचार्य,भेषराज धमला लगात आधादर्जन व्यासायी लाई समेत सम्मान गरिएको थयो ।