शहिद धर्मभक्त माविमा अवरुद्ध पठनपाठन सुचारु

उमानाथ भण्डारी

कमल , माघ १९ ÷झापाको कमल गाउँपालिका ३ स्थित श्री शहिद धर्मभक्त माध्यमिक विध्यालयमा शिक्षकले छात्रामाथी गरेको अनैतिक व्यवहार विरुद्ध विद्यार्थीले गरेको आन्दोलका कारण अवरुद्ध पठनपाठन आजबाट नियमित रुपमा सन्चालन भएको छ ।
छात्रामाथीे अनैतिक व्यवहार गर्ने दुई जना शिक्षकलाई हदै सम्मको कानुनी कार्वाहीको माग गर्दै विध्यार्थिले गरेको आन्दोदनका कारण तिनदिन देखी विध्यालयमा नियमित पठनपाठन हुन सकेको थिएन ।

This image has an empty alt attribute; its file name is gt-1024x472.jpg


पिडित छात्रालाई न्याय दिलाउन र विध्यालयको पठनपाठन नियमित सन्चालन गर्न आईवार बसेको विध्यालय व्यवस्थापन समिती, विध्यार्थि संगठन, अविभावक,वाल क्लवको संयुक्त बैठकले दोषी शिक्षककलाई सात दिन सम्म विध्यालय प्रवेशमा रोक लगाउने र सो समय भित्र विध्यालयको असहज परिस्थिती लाई सहज बनाउनकालागी आवश्यक प्रक्रिया अगाडी बढाउन कमल गाउँपालिका शिक्षा शाखालाय पत्राचार गरिएको विध्यालयका प्रधानाध्यापक काजिमान पौडेलले जानकारी दिनुभयो ।
विध्यालयमा कार्यरत दुई जना शिक्षकले छात्रामाथी पटक पटक अनैतिक व्यवहार गरेपछि यसको रहस्य वाहिर आएको एक शिक्षकले बताउनु भयो । शिक्षकको यस्तो अनैतिक व्यवहारले छात्रालाई मानसिर रुप तनाव हुने गरेकोले त्यस्ता शिक्षक विरुद्ध हदै सम्मको कानुनी कार्वाहिकालागी विद्यार्थि संगठनका मध्ये अनेरास्ववियूका तर्फबाट कमल कटुवाल र नेपाल विध्यार्थि संगठनका तर्फबाट जितेन साम्पाङको संयुक्त दस्तखत सहितको ध्याननकर्षण पत्र समेत आज सम्बन्धित विध्यालय, कमल गाउँपालिका शिक्षा शाखा र कमल गाउँपालिका वडा नम्वर ३ को कार्यलयमा बुझाएको विध्यार्थि नेता साम्पाङले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker