गुह्येश्वरीमा छात्रवृत्ति वितरण

कमल , माघ १७÷ झापाको कमल गाउपालिका ५ स्थित गुह्येश्वरी आधारभुत बिद्यालयले एक कार्यक्रमका बिच विध्यालयमा अध्यायनरत बिद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको छ ।
विक्रम सम्वत २०६९ सालमा स्थापना भएको बिद्यालयले अक्षयकोष बाट प्राप्तहुने व्याज बाट हरेक बर्ष बिधालयमा अध्ययनरत कक्षा १ देखि ८ सम्मका प्रथम दितिय र तृतीय हुने बिद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्दै आएकोे छ ।

कार्यक्रममा प्रथम दितिय र तृतीय हुने बिद्यार्थीहरुलाई क्रमश एकहजार , सातसय र पाँचसय रुपैयाका दरले तथा बिद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार बिद्यार्थीलाई जनही पाँचसय रुपैया गरी जम्मा ३२ जना बिद्यार्थीहरुलाई प्रमुख अतिथी कमल गाउँपालिकाका शिक्षा शाखा प्रमुख सुर्य न्यौपानेले छात्रवृत्ति प्रदान गर्नुभएको विध्यालयका सहायक प्रधानाध्यापक बिष्णु प्रसाद खनालले जानकारी दिनुभयो ।

सोहिकार्यक्रममा विध्यालयमा अध्यायनरत दुई जना अनाथ वालवालिकालाई दमक उद्योग बाणिज्य सघका कार्य समिती सदस्य लक्की सिटाैैलालेे अभिभावकत्व ग्रहण गर्नु भएको थियो ।
बिधालय बिकास समिती सम्योजक खगेन्द्र प्रसाद तिवारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा कमल गाउपालिका शिक्षा शाखा प्रमुख सुर्य प्रसाद न्यौपानेको प्रमुख आतिथ्य तथा कमल गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष डम्बर बहादुर निरौलाको विशेष आतिथ्यतामा भएको कार्यक्रममा विद्यालय बिकास समिती,शिक्षक अभिभावक संघ,आमा समूह,सामाजिक लेखा परिक्षण ,बाल क्लबका पदाधिकारि ,अभिभावक,बिधालयका पुर्ब बिद्यार्थी लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रम विद्यालयका शिक्षक मदन अधिकारिले सन्चालन गर्नु भएको थियो भने प्रधानाध्याकप टंक प्रसार गजुरेलले शाब्दिक शव्द द्वारा स्वगत गर्नु भएको थियो ।