विर्तामोड कृषि थोक वजार सञ्चालक समितिको पद हस्तान्तरण

केशव राज भण्डारी
विर्तामोड , मंसिर ५ ÷झापाको विर्तामोडस्थित कृषिथोक वजार ब्यवस्थापन समितिको पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।
आइतवार एक समारोहका बिच नव निर्वाचित समितीलाइ सफथ ग्रहण तथा पद हस्तान्तरण गरिएको थियो ।
विगत एक दशकदेखि नेतृत्व विहिन कृषिथोकको नेतृत्व चयनका लागि गत पुस २४ र २५ गते सम्पन्न निर्वाचनवाट आगामी ३ वर्षे कार्यकालकालागि कमल पौडेलको अध्यक्षतामा ९ सदस्यीय कृषिथोक वजार ब्यवस्थापन समिति सर्वसम्मत चयन भएको थियो ।

समितीमा सदस्यमा वजार सञ्चालक समितिमा कृषक र ब्यापारीतर्फका तर्फबाट ६ जना, सम्वन्धित वडाका वडा अध्यक्ष पदेन सदस्य , कृषि ज्ञान केन्द्र झापाका कृषि अर्थविज्ञ पदेन सदस्य तथा जिल्ला समन्वय समिति वाट मनोनित एक जना उपभोक्तातर्फवाट १ जना सदस्य गरी कुल ९ सदस्यीय सञ्चालक समिती रहने ब्यवस्था गरिए अनुसार समिती छनौट गरिएको हो ।

निवर्तमान वजार ब्यवस्थापन समितीका अध्यक्ष विरेन्द्र पराजुली अध्यक्षतामा भएको कार्यक्रममा विर्तामोड नगरपालिका प्रमुख ध्रुवकुमार सिवाकोटी प्रमुख आथिथ्यतामा भएको कार्यक्रममा विषेश अथिती समाजसेवी हर्कलाल गिरी लगायतले नवनिर्वाचित समितीलाई बधाई तथा कार्यकाल सफलताको शुभकामना मन्तव्य राख्नु भएको थियो ।