दमकका पत्रकार संग डिएसपी कार्कीद्धारा परिचयात्मक कार्यक्रम

उमानाथ भण्डारी

मल , मंसिर ६ ÷झापाको दमकमा सरुवा भई आउनु भएका प्रहरी नायव उपरिक्षक(डिएसपी) नवराज कार्कीले आज पत्रकार संग परिचयात्मक कार्यक्रम सम्पन्न गर्नुभएको छ । दमकलाई कार्य क्षेत्र बनाएर काम गरिरहनुभएका एक दर्जन बढी पत्रकार संग कार्कीले आज बिहान ईलाका प्रहरी कार्यालय दमकमा परिचयात्मक कार्यक्रम गर्नुभएको हो ।

This image has an empty alt attribute; its file name is as-1024x472.jpg


उहाले पत्रकार संग दमकमा देखिएका मुख्य समस्या र चुनौतीका बिषयमा जानकारी लिनुभएको थियो । उपस्थित पत्रकारहरुले दमकमा बढिरहेको लागु औषध कारोबार, काठ तस्करी, सडक दुर्घटनाका बिषयमा प्रभावकारी रुपमा काम गर्न सुझाएका थिए । साथै पत्रकारलाई प्रहरीले सुचना दिने कुरामा झन्झट दिने गरेको भन्दै दमकको घटनाको सुचना जिल्ला बाट नभई दमक बाटै लिन पाईने ब्यवस्था मिलाउन समेत पत्रकारले डिएसपी कार्किलाई सुझाव दिएका थिए ।
कार्यक्रममा बोल्दै डिएसपी कार्कीले अघिल्ला चरणमा के भए त्यसलाई बिर्सिएर आगामी दिनमा सुचना दिने कार्यलाई प्रभावकारी बनाईने प्रतिबद्धता जनाउनुभएको थियो । दमकको सुरक्षा ब्यवस्थालाई अझै मजबुत बनाउदै लागु औषधीको कारोवार गर्ने लाई कडा कार्वाही गरिने र यसका लागी पत्रकारले आवश्यक सहयोग गर्न आग्रह डिएसपी कार्किले गर्नुभयो ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker