कमल गाउँपालिकाकाले टोलटोलमा पुगेर जेष्ठ नागरिकलाई सिरक र पोषिलो खानेकुरा बितरण

उमानाथ भण्डारी
कमल , मंसिर २५ ÷ कमल गाउँपालिकाकाले गाउँगाउँमा पुगेर जेष्ठ नागरिकलाई चिसो बाट जोगिनकालागी सिरक र पोषिलो खानेकुरा बितरण गरेको छ ।
गाउँपालिकामा स्थाई वसोवास गर्दै आउनु भएका ८५ वर्ष भन्दा माथि उमेर समुहका जेष्ठ नागरिकलाई चिसो बाट जोगिनकालागी सिरक र पोषिलो खानेकुरा वितरण गरिएको कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेले बताउनुभयो ।

गाउँपालिकाले वडा नम्मर २ र ४ को टोलटोलमा पुगेर सामान वितरण गरिसकेको र अन्य वडामा समेत छिट्टै वितरण गरिने महिला तथा वालवालिका शाखामा प्रमुख रेनुका गौतमले जानकारी दिनुभयो ।

गौतमका अनुसार हाल कमल गाउँपालिकामा २ सय ७० जना भन्दा बढी जेष्ठ नागरीक रहेका छन् ।