ट्राफिक प्रहरी पोष्ट केर्खा द्वारा सवारी साधनमा रिफ्लेक्टर टाँस्न सुरु

कमल पुस २४ ÷ सवारी दुर्घटना न्युनिकरणकालागी ट्राफिक प्रहरी पोष्ट केर्खाले सवारी साधनमा रातको समयमा टल्किने स्टिकर ( रिफ्लेक्टर ) टाँस्न सुरुगरेको छ ।
सातको समय र हुस्सु लागेको वेला सवारी साधनमा पछाडीको बत्ति नहुँदा हुनसक्ने दुर्घटनालाई न्युनिकरण गर्न ट्राफिक प्रहरीले ट्रिपर र ट्याक्टरमा रिफ्लेक्टर टाँस गरिएको ट्राफिक प्रहरी पोष्ट केर्खाले जनाएको छ ।

No posts found.
This image has an empty alt attribute; its file name is kk-1024x768.jpg


कमल गाउँपालिका ३ केर्खा एरिया भएर चल्ने ४३ वटा ट्रिपर र ट्याक्टरमा( रिफ्लेक्टर टाँसिएको र अन्य सवारी साधनमा टाँस्ने काम भैरहेको ट्राफिक प्रहरी पोष्ट केर्खाका ईन्चार्ज प्रहरी हवल्दार रामचन्द्र बरालले जानकारी दिनुभयो ।
हुस्सु लागेको बेला र रातको समयमा सडकमा विग्रीएर रोकेर राखेएका सवारी साधन ( ट्रिपर र ट्याक्टर मा ) पछाडीको बत्ति हुँदैन र जसका कारण भएको दुर्घटनामा परि धेरैले ज्यान गुमाएको ट्राफिक प्रहरी पोष्ट केर्खाका प्रहरी जवन भोजराज चौलागाईले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

Close
Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker