हिन्दु जागरण नेपाल झापा जिल्लाको दोस्रो जिल्ला भेला सम्पन्न

कमल , पुस १८ ÷ हिन्दु जागरण नेपाल झापा जिल्लाको दोस्रो जिल्ला भेला सम्पन्न भएकोे छ ।
हिन्दु जागरण नेपाल जिल्ला कार्यसमिति झापाका अध्यक्ष खगेन्द्र प्रसाद निरौलाको अध्यक्षतामा सम्पन्न भेलाले जिल्लाभर हुने गरेका धर्मान्तरण र जातीय छुवाछूत लाई चिर्दै आफ्ना गतिविधि सन्चालन गर्ने निर्णय र हिन्दु धर्म र संस्कार भित्र रहेका विकृतिलाई हटाउदै समाजमा जनचेतनामूलक कार्यक्रम सन्चालन गर्ने निर्णय गरेको समितीले जनाए छ ।
झापाको कमल गाउँपालिका ३ स्थित शहिद धर्मभक्त माध्यमिक विध्यालयको सभाहलमा सम्पन्न भेलाले आफ्ना कार्यक्रम प्रभावकारी रुपमा सम्पन्न गर्नकालागी सचिवालय समेत गठन गरेको छ । सचिवालयको संयोजकमा खगेन्द्र प्रसाद निरौला , सदस्यमा सबिता कटुवाल,सीताराम तिम्सिना ,निरोज खनाल ,रामु ढुङ्गाना,गङ्गा थापा, यामनाथ खतिवडा ,चन्द्रप्रकाश अधिकारी ,कृष्ण निरौला रहनेगरी सचिवालय गठन गरेको हो ।
भेलाले आगामी दिनमा जिल्लाभर गाउँ पालिका र नगरपालिका स्तरीय समितिहरु गठन गर्ने र जनजनमा हिन्दुत्व रक्षाका निम्ति लाग्न प्रेरणादायी भूमिका निर्वाह गर्ने समेत निर्णय गरेको सचिव सीताराम तिम्सिनाले बताउनु भयो ।

This image has an empty alt attribute; its file name is hjk-1024x759.jpg


जागरण नेपालले आफ्ना कार्यक्रमलाई प्रभावकारी रुपमा सम्पन्नगर्न का लागी समितीको सदस्य तिलक दर्जीलाई थप गर्ने निर्णय गरेको गरेको सचिव तिम्सिनाले जानकारी दिनुभयो ।
भेलामा संस्थाका उपाध्यक्ष सविता कटुवाल,सदस्यहरु रामु ढुंगाना,गङ्गाराम रिमाल,खगेन्द्र निरौला,पण्डित यामनाथ खतिवडा ,बबिता लम्साल ,चन्द्रप्रकास अधिकारी,कृष्ण निरौला लगायतको उपस्तिथि रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

Close
Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker