वेसहाराको सहारा बन्दै लाईन्स अफ क्लव केर्खा

उमानाथ भण्डारी

No posts found.

कमल ,पुस १७ ÷ दैव पनि कति निष्ठुरी आखिर यी बालकले के विराएको थियो र यतिसारो दुख दिएको । जन्मिएर राम्रो संग संसार चिन्न नपाउदै बुबाको मृत्यु हुनु र आमाले पनि दोश्रो विवाह गरे पछि विचल्लिमा परेका छन् यो बालक ।
कमल गाउँपालिका वडा नं ५ निवासी प्रेम वहादुर राई र श्रीमती चन्द्रकला राई आफ्ना २ छोरी र २ छोराका साथमा खुसी साथ दिन विताई रहनु भएको थियो । अचानक २०६० सालमा श्रीमान प्रेम वहादुर राईको मृत्यु भएपछि यो परिवारमा ठुलो विपत्ति आईलाग्यो श्रीमानको मृत्यु भएको एक वर्ष वित्न नपाउदै चन्द्रकलाले पनि दोश्रो विवाह गरेर जानुभयो ।

This image has an empty alt attribute; its file name is gh-1024x472.jpg


दिदी भएको नाताले भाईवैनीलाई हुर्काउने जिम्मा ११ वर्षिय रोजीनालाई आईलाग्यो । जसोतसो जिवन चल्दै थियो अनानच फेरी ठुलो बज्रपात पर्यो । धान पिसाउन मिलमा गएको बेला पछिलागेर गएको मौसम मिलमा सुईटर अल्झिएर दुर्घटना भयो ज्यान त जसोतसो बच्यो तर शारिरिक अपाङ्गता भयो ।

This image has an empty alt attribute; its file name is hn-1024x472.jpg


भाईलाई बचाउन कति खर्च गरियो पत्तोछैन । भाई ज्युदो लास जस्तै छ औषधी लगायत सबै कुरा हामि दिदी बैनिले सहयोग गर्नु पर्छ भाई आफै केहिगर्न सक्दैन । अलीअलि भएको सम्पति पनि भाईको उपचारमा सकियो अहिले भाई भाडामा बसेको छ । भन्दै पर्दा भाडातिर्ने पैसा सम्म छैन ।
राई परिवारको यस्तो अवस्था देखेर लाईन्स क्लव अफ केर्खाले घर बनाईदिन सुरु गरेको छ । हामिले विभिन्न सामाजिक काम गर्दै थियौ त्यहि वेलामा मौसमको यस्तो अवस्था देखेर क्लवको तर्फ बाट करिव ५ लाख रुपैया खर्च गरेर घर बनाउन लागेको लाईन्स क्लव अफ केर्खाका अध्यक्ष लाईन अग्नि प्रसाद कोईराला बताउनुहुन्छ ।

This image has an empty alt attribute; its file name is gt6-1024x472.jpg


हाम्रो यो अवस्था बुझेर क्लवले हाम्रालागी घर बनाई दिएको छ ।हामि वेसाहारा बनेका थियौ । हाम्रलागी क्लव साहारा बनेर आएको छ । यसका लागी क्लवप्रति आफु आभारी रहेको पिडीतकी दिदी रोजिना राई बताउनुहुन्छ ।

This image has an empty alt attribute; its file name is uop-1024x472.jpg


क्लवले बेडरुम,सिटीङ्गरुम,किचन,वाथरुम सहित ४ कोठाको घर निर्माण कार्य सुरु गरेको छ । एकहप्ता सम्ममा घर निर्माणकार्य सम्पन्न गरी सम्वन्धित व्याक्तिलाई बुझाईने क्लवले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

Close
Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker