नेकपा केन्द्रीय सदस्यमा झापाबाट १७ जना मनोनीत

कमल , पुस ८ सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटीमा झापाबाट १७ जना केन्द्रीय सदस्यमा थप हुनुभएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा मंगलवार सम्पन्न केन्द्रीय कमिटीको बैठकले झापाबाट केन्द्रीय कमिटीमा दमक नगरपालिकाका मेयर समेत रहनु भएका रोमनाथ ओली तथा कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्ले सहित १७ जनालाई केन्द्रीय कमिटीमा मनोनीत गरेको हो ।
यसरी मनोनीत हुनेहरुमा दिपक कार्कि, चिन्तन पाठक, अर्जुन राई, , विश्व वराल,एकराज कार्कि,जसमाया गजमेर,विमला वि.क.,एलपी साँवा,गोपालचन्द्रबुढाथोकी,हरिचरण सिवाकोटी,मनकुमार गौतम,टीकादेबी बस्नेत (घिमिरे) ,हिरा थापा,सुभित्रा भण्डारी, हरिचरण बानियाँ लगायतलाई प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीमा थप गर्नु भएको हो ।