कमल गाउँपालिकामा डिजिटल माटो परिक्षण ल्याव

उमानाथ भण्डारी

No posts found.

कमल,पुस ८ ÷ झापाको कमल गाउँपालिकामा डिजिटल माटो परिक्षण ल्याव सञ्चालनमा आएको छ ।
झापामा रहेका स्थानियतह मध्ये कमल गाउँपालिकाले पहिलो पटक डिजिटल प्रविधि द्वारा माटो परिक्षण ल्याव सञ्चालनमा ल्याएको हो ।
यस अधि कृषकको खेतको माटो परिक्षण गर्न सुरुङ्गा सम्म जानुपथ्र्यो तर पनि विरुवालाई आवश्यक पर्ने माटोमा भएको सबै सुस्म खाध्यतत्व परिक्षण हुँदैनथ्यो । सामान्यतया माटोमा भएको नाईट्रोजन, फस्फोरस, जिंक, क्याल्सियम लगायतका तत्वमात्र परिक्षण गर्ने गरेकोमा अब विरुवालाई आवश्यक पर्ने १४ किसिमको खाद्य तत्वो परिक्षण हुने कमल गाउँपालिका कृषि विकास शाखाका प्रमुख महेन्द्र बोहोराले बताउनुभयो ।
गत आर्थिक वषमा नै सञ्चालनमा ल्याउन लागेको त्याव कोभिड १९ का कारण सञ्चालनमा आउन सकिएन त्यसैलाई निरन्तता दिदै यस वर्ष सुरु गरेका छौ । ल्याव सञ्चालनमा आएपछि कृषको माटोको पैचान गर्न सहजहुनुका साथै कुन माटोमा कुन खेती उपयुक्त हुने भन्ने समेतको परिक्षण हुने भएकोले कृषकको उत्पादनमा समेत वृद्धिहुने कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेले बताउनु भयो ।
यस अघि माटो परिक्षण गर्न हामी सुरुङ्गा, चन्द्रगडी सम्म जानु पर्ने अवस्था थियो । अब आफ्नै गाउँमा सुविधा सम्मन्न त्याव आएकोले हामि जस्ता कृषकलाई माटो परिक्षण गर्न सहज हुनुका साथै उत्पादनमा समेत वृद्धिहुने कमल गाउँपालिका ६ स्थित कृषि क्रान्ति कृषक समुहका अध्यक्ष चक्रवर्ति बानिया बताउनुहुन्छ ।
डिजिटल प्रविधि द्वारा माटो परिक्षण गर्दा एक पटकमा १४ किसिमको खाद्य तत्वोको परिक्षण हुने र यस बाट समयको बचतहुनुका साथै कृषकको माटोको समस्या पत्ताखलगाई तुरुन्तै उपचार गर्न सकिने कृषि शाखाका प्राविधिक बताउछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

Close
Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker