नागरिक सम्मान गर्दै कमल नगर जेसीजको सप्ताहा व्यापी कार्यक्रक समापन

कमल , मंसिर २९÷ कमल नगर जेसीजले एक कार्यक्रमका बिच नागरिक सम्मान गर्दै जेसीज सप्ताहाको समापन गरेको छ ।
सप्ताहा समापन कार्यक्रममा नेपाल सरकारको स्वस्थ्य क्षेत्रमा लामो समय सेवागरी अवकास लिनुभएका तथा हाल लखनपुर रेडक्रस उपशाखाका अध्यक्ष चन्द्र शाहालाई नागरिक सम्मानका साथै विभिन्न कार्यक्रमगरी सप्ताहा समापन गरिएको हो ।

No posts found.
This image has an empty alt attribute; its file name is aq-1024x472.jpg


जेसीजको महान चाडका रुपमा लिनेगरेको सप्ताहामा कमल नगर जेसीजले सप्ताहाव्यापी विभिन्न कार्यक्रम गरी आईवारवार समापन गरेको हो ।
समाज परिवर्तनका निम्ति जेसीजले गरेका कामको प्रसंशा गर्दै । समाज परिवर्तन गर्न ठुलो रकमको आवश्यक नपर्ने कमल गाउँपालिकाका उपाध्यक्ष वेनु सिवाकोटीले बताउनु भयो ।
ठुला महल र सडक बनाउदैमा विकास हुदैन विकास भनेको त मानिसमा सभ्याताको विकास हुनुपर्छ जब सम्म सभ्याता आउदैन तव सम्म विकास भएर मात्र केहि नहुन उपाध्यक्ष सिवाकोटीले बताउनु भयो ।

This image has an empty alt attribute; its file name is 9-1-1024x472.jpg


कार्यक्रममा मात्रीशाखा दमक जेसीजका अध्यक्ष कमल कटुवालले जेसीजमा लागेपछि ताली, गाली र जेव खाली भएर पनि समाज परिबर्तनमा जेसीजको ठुलो भुमिका रहेको बताउनुभयो ।
मुलुक परिवर्तमा लागेका हरेक व्याक्तिले एक पटक जेसीजमा लागेर तालीम लिनुपर्ने कमल गाउँपालिकाका शिक्षा शाखा प्रमुख सुर्य न्यौपानेले बताउनुभयो ।

This image has an empty alt attribute; its file name is uy-3-1024x472.jpg


कमल नगर जेसीजका अध्यक्ष हेम दाहालको अध्यक्षतामा भएका कार्यक्रममा पुर्व अध्यक्ष केदार कटुवाल संस्थापक अध्यक्ष रुपनारायण न्यौपाने लगायतले जेसीजका बारेमा बोल्नु भएको थियो ।
कमल नगर जेसीजका महासचिव छत्रपति खनालले सन्चालन गरेका कार्यक्रममा सप्ताहा समापन कार्यक्रमका संयोज महेश भण्डारीले स्वगत गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

Close
Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker