शिवसताक्षी नगरपालिकामा गठीत कर्मचारी हकहित संरक्षण मञ्चको अध्यक्षमा ः प्रकाश

उमानाथ भण्डारी

No posts found.

कमल , मंसिर १७÷ झापाको शिवसताक्षी नगरपालिकामा कार्यरत कर्मचारीहरुको भेलाले कर्मचारी हकहित संरक्षण मञ्च तदर्थ समितिको अध्यक्षमा नगरपालिकाका वरिष्ठ योजना अधिकृत प्रकाशचन्द्र चौधरीलाई सर्व सम्मत चयन गरेको
नगरपालिकामा कार्यरत कर्मचारीहरुको पेशागत हकहितको पक्षमा सामूहिक सौदावाजी गर्न तथा कार्यालय सुदृढीकरणमा सहयोग गर्दै नागरिक सेवामा सहजता प्रदान गर्न कर्मचारी हकहित संरक्षण मञ्च गठन भएको अध्यक्ष चौधरीले बताउनुभयो ।
कर्मचारी समायोजन पश्चात् कर्मचारीहरुको पेशागत हकहित, सेवा सुविधा, वृति विकास, कर्मचारीहरुको साझा समस्यामा आवाज उठाउन अभिभावकत्व भूमिका निर्वाह गर्ने कुनै पनि आधिकारिक निकाय नभएर कर्मचारीहरुको हक अधिकार संरक्षणका लागि यो समिति गठन गरिएको उनले बताए ।
नवगठित ११ सदस्यीय तदर्थ समितिको सह–संयोजकमा वडा कार्यालय नं ४ का सचिव कमला भेट्वाल, सचिवमा सहकारी शाखाका बद्रीकुमार दाहाल, सह–सचिवमा वडा कार्यालय नं ९ का सचिव विमल बाँस्कोटा, कोषाध्यक्षमा महिला तथा सामाजिक शाखाका देवकुमारी पराजुली तथा सदस्यहरुमा प्राविधिक लोचन बस्नेत, कृषि शाखाका रविन भट्टराई, स्वास्थ्य शाखाका हरिप्रसाद विमली र अन्य सदस्यहरुमा प्रशासन शाखाका इन्द्रकला लिङ्देन, विरबहादुर बुढाथोकी र योजना शाखाका चन्द्रकला खरेल ( पुजा ) चयन हुनुभएको हो ।
कार्यक्रममा शिवसताक्षी नगरपालिकाका उपसचिव तथा शिक्षा शाखा प्रमुख सुरेन्द्र दाहाल, लेखा अधिकृत अधिकृत प्रकाश योङहाङ लगायत उपस्थित कर्मचारीहरुले नवगठित तदर्थ समितिलाई कार्यकाल सफलताको शुभकामना दिनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker