मन्त्री कार्कि द्वारा कमलमा १५ शय्याको अस्पताल शिलान्यास

उमानाथ भण्डारी

कमल , मंसिर १५÷ सरकारले आज एकसाथ तीन सय ९६ स्थानीय तहहरुमा अस्पताल शिलान्यास गरेको छ ।
आधारभूत स्वास्थ्य सेवामा सबैको पहुँच पुर्याउने उद्देश्यले ३९६ स्थानीय तहमा ५ देखी १५ शैय्यासम्मका अस्पताल र सातै प्रदेशमा सरूवा रोग अस्पताल शिलान्यास गरेको हो ।
यसै क्रममा आज झापाको कमल गाउँपालिकामा वडा २मा निर्माणधिन अस्पताको प्रदेश नम्वर १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्किले शिल्यान्यास गर्नुभयो ।
अस्पतालको शिल्यान्यास पछि बोल्दै मन्त्री कार्किले दुई वर्ष भित्रमा निर्माण सम्पन्नहुने र जनतालाई सहज रुपमा स्वस्थ्य सेवा पुर्याउने उदेश्यले सरकारले एकै साथ यतिधेरै संख्यामा अस्पताल शिल्यान्यास गरेको मन्त्री कार्किले बताउनु भयो ।
गाउँपालिकामा निर्माण हुनलागेकाले १५ शय्याको अस्पतालले यस क्षेत्रका जनतालाई स्वस्थ्यमा सहजहुनुका साथै टाडा गएर महँगो उपचार गर्न नपर्ने कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेले बताउनु भयो ।

This image has an empty alt attribute; its file name is sdrt-1024x582.jpg


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ बन्ने सबै अस्पतालहरु एउटै डिजाइनका हुनेछन् । अस्पतालहरु दुई वर्षभित्र निर्माण सम्पन्न गरिसक्ने लक्ष्य छ । अस्पताल निर्माणका लागि यो वर्ष ६ अर्ब १२ करोड २६ लाख रुपैयाँ बजेट निकासा गरिसकिएको छ ।
पाँच शय्याको अस्पतालमा एक मेडिकल अफिसरसहित १२ स्वास्थ्यकर्मी, १० शय्याको अस्पतालमा दुई मेडिकल अफिसरसहित १७ स्वास्थ्यकर्मी र १५ शय्याको अस्पतालमा तीन मेडिकल अफिसरसहित २७ स्वास्थ्यकर्मीको व्यवस्था गर्ने सरकारको योजना छ ।
सरकारको नीति तथा कार्यक्रममा सबै स्थानीय तहहरुमा ५ देखि १५ शय्याका अस्पताल बनाउने उल्लेख छ । तर सबै स्थानीय तहहरुमा १५ शय्याका अस्पताल बनाउने तयारी गरिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।
हाल कूल ७५३ स्थानीय तहहरुमध्ये १ सय ४ वटामात्र मात्रै बिभिन्न तहका अस्पताल छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker