राज्य मन्त्री राम राना द्वारा चुलचुली गाउँपालिकामा निर्माणाधिन १५ शैयाको अस्पताल र कुमाले खोलामा पक्कि पुलको शिल्यान्यास गर्नुहुने

उमानाथ भण्डारी

No posts found.

कमल , मंसिर ११÷ चुलाचुली गाउँपालिकामा निर्माणाधिन १५ शैयाको अस्पताल र कुमाले खोलामा निर्माण हुनलागेको पक्कि पुलको १ नम्वर प्रदेशका भुमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री राम रानाले शिल्यान्यास गर्नुहुने कार्यक्रम रहेको छ ।
प्रत्येक स्थानिय तहमा १५ शैयाको अस्पाताल निर्माणगर्ने नेपाल सरकारको निर्णय अनुसार आगामि मंसिर १५ गते विहान ११ बजे चुलाचुली गाउँपालिका वडा नम्वर २ स्थित बागोठेमा निर्माण हुन लागेको अस्पतालको मन्त्री रानाले शिल्यान्यास गर्ने कार्यक्रम रहेको चुलाचुली गाउँपालिकाका अध्यक्ष प्रदिपचन्द्र राईले जानकारी दिनुभयो ।
त्यसैगरी मन्त्री रानाले वडा नम्वर १ र २ को सिमानामा पर्ने कुमाले खोलामा निर्माण हुन लागेको पक्कि पुलको समेत शिल्यान्यास गर्ने कार्यक्रम रहेको अध्यक्ष राईले बताउनु भयो ।
निर्माण हुनलागेको अस्पतालको लागत १८ करोड ६ लाख रुपैयामा रहेको छ भने पुलको निर्माण लागत ३ करोड ३१ लाख ८३ हजार ९२२ रुपैया रहेको चुलाचुली गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत काजिमान राईले जानकारी दिनुभयो ।
गाउँपालिकाका ठुला र निर्माण सुरु गरिएका योजना
गाउँपालिकाले चालु आर्थिक वर्षमा सुरुगरेका योजना मध्ये हिमाली मार्ग हुदै तिनकुने पोखरी सम्म जाने १ करोड रुपैयाको लागतमा ८ सय मिटरको कालोपत्रे सडकको सम्पुर्ण प्रक्रिया पुरागरी क्रमागत योजनामा निर्माण सुरु गर्ने तयारीमा रहेको छ । त्यसैगरी गाउँपालिकाको प्रशासनिक भवन देखी सिम्ले सम्म जाने सडक १ करोड रुपैयाको लागतमा ८ सय मिटर सडकको समेत सम्पुर्ण प्रकृया पुराभएको अधिकृत राईले बताउनुभयो ।
त्यसैगरी गाउँपालिकाको प्रशासनिक भवनको दोश्रो तलाको निर्माणका लागी १ करोड ७१ लाख रुपैयामा निर्माण सुरुगरिने छ भने वडा नम्वर १,३,४र५ को वडा कार्यलय भवन निर्माण स्थालको ८० लाख रुपैयाको लागतमा घेरावार गर्ने को कार्य सुरु गरिएको गाउँपालिकाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker