सहकारीले बचत र कर्जा लागानी मात्र गर्ने होईन अबका दिनमा उत्पादन तर्फ लाग्न आवश्यक ः अध्यक्ष काफ्ले

नवोदय सहकारीको २२ औ वार्षिक साधाराण सभा सम्पन्न

उमानाथ भण्डारी

No posts found.

कमल , मंसिर ८÷ सहकारीले बचत र कर्जा लागानी मात्र गर्ने होईन अबका दिनमा उत्पादन तर्फ लाग्नु पर्ने बताउनु भएको छ ।
सो कुरा झापाकोे कमल गाउँपालिका वडा नम्वर ३ स्थित नवोदय वहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले २२ औं वार्षिक साधारणसभाको शुभकामना मन्तव्यका क्रममा कमल गाउँपालिकाका अध्यक्ष अध्यक्ष मेनुका काफ्लेले बताउनु भयो ।

This image has an empty alt attribute; its file name is qa-1024x472.jpg


कमल गाउँपालिका भित्र रहेका सहकारीहरु मिलेर अब कृषिलाई अगाडी बडाउनु पर्ने बेला आएको छ । गाउँपालिकाको अर्थतन्त्रलाई टेवा पुर्याउने भनेकै कृषि हो । गाउँपालिकाले पनि एक सहकारी एक उत्पादनको निती ल्याएका छ । गाउँपालिकाले व्यवसाय प्रवर्धन कोषका लागी २ करोड रुपैया विनियोजन गरेको छ । व्यवसायीले ईच्छाएको सहकारी मार्फत त्यो रकम पाउने छन् । एक वाड एक उत्पादन निती समेत निर्माण भै सकेको छ । त्यसलाई जोड्ने भनेकै सहकारी भएकोले यसमा सहकारीले सहयोग गर्नुपर्ने अध्यक्ष काफ्लेले बताउनु भयो ।

This image has an empty alt attribute; its file name is saz-1024x472.jpg


राज्यले गर्न नसकेका कतिपयकाम सहकारीले गरेका छन् । अवका दिनमा सहकारीले कृषि उद्योग तर्फलाग्न आवश्यक छ । कोभिड १९ ले पनि कृषि तर्फ लाग्न प्रेरित गरेको छ । अब सहकारीले कृषि पेशालाई अगाडी बढाउनु पर्ने बेला आएको छ । गाउँपालिकामा भएका सहकारीले अव मर्ज भएर अगाडी बड्न समेत कमल गाउँपालिका वडा नम्वर ३ का वडा अध्यक्ष नरप्रसाद दंगालले बताउनु भयो ।

This image has an empty alt attribute; its file name is de-1024x472.jpg


सहकारीले अबका दिनमा सदस्यको आवश्यकतालाई पैचानगरी व्यवसायकि तर्फलाग्न अवश्यक छ । सस्थाले सन्चालन गरेका जिवन प्रदान कोष र राहात प्रदान कोषले सदस्यलाई राम्रो फाईदा हुनेगरेको छ । अवका दिनमा सहकारीले सदस्यको आर्थिक उन्नति तर्फ लाग्न आवश्यक रहेको पुर्वनेपाल बहुउदेश्यीय सहकारी सस्थाका अध्यक्ष प्रेम सापकोटाले बताउनु भयो ।

This image has an empty alt attribute; its file name is t67-1024x472.jpg


यस्तो विषम परिस्थितीमा पनि सकारीले नाफा गरेको र सदस्यलाई बोनस दिन सफल भएकोमा ईन्द्रेणी बहुउदेश्यीय सहकारी सस्थाका अध्यक्ष टेकेन्द्र श्रेष्ठले बताउनु भयो ।

This image has an empty alt attribute; its file name is 6yu-1024x472.jpg


नवोदय सँग साझेदारी गरेको ४ वर्ष भन्दा बढीभयो हामिले ८४ वटा सहकारी सँग साझेदारी गरेका छौ । साझेदारी गरेका सहकारी सस्था मध्ये नवोदय उत्कृष्ट सहकारी सस्था हो । यसको सेवा प्रवाहगर्ने क्षमता उत्कृष्ट छ । आगामी दिनमा सदस्यको आवश्यकता पैचानगरी अझ व्यवसायीकतर्फ लाग्न फस्ट माईक्रोफाईनान्स लघुविक्त विक्तिय सस्था उर्लावारी शाखाका प्रमुख हिरामणी सिलवालले बताउनुभयो ।

This image has an empty alt attribute; its file name is sw-1024x472.jpg

नेपाल रेडक्रस सोसाईटि दमक शाखाको प्रविधिक सहयोगमा साधारण सभाका अवसरमा रक्तदान समेत गरिएको थियो । सो रक्तदान कार्यक्रममा सस्थाका सन्चालक ,शेयर सदस्य र सस्थाका कर्मचारी गरी २० जनाले रगतदान गर्नुभएको थियो ।

This image has an empty alt attribute; its file name is cd-1024x472.jpg


२०५४ सालमा २७ जना सदस्य बाट १३ हजार ५०० शेयर पुँजी संकलनगरी कारोवार सुरुगरेको सस्थाले २२ औ वर्ष पुरागर्दा सदस्य संख्या १३ हजार ७ सय ८० जाना र शेयर पुँजी १० करोड ४५ लाख ३ हजार ७०० रुपैया तथा बचत ३३ करोड ३९ लाख ७ हजार १७२ रुपैया पुगेको छ ।

This image has an empty alt attribute; its file name is 2d-1024x472.jpg


त्यसैगरी सस्थामा १ करोड २६ लाख ३८ हजार २२० रुपेया कोष जम्मा भएको छ भने खुद नाफा ३ करोड ३७ लाख ६१ हजार ८७३ रहेको अध्यक्ष द्वारा प्रस्तुत प्रतिवेदनमा उल्लेख गरिएको छ ।
सस्थाका अध्यक्ष शरणकुमार पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष बलराम गजुरेलले शाब्दिक शब्दले स्वगत गर्नुभएको थियो भने व्यवस्थापक फणिन्द्र बहादुर कार्किले सन्चालन गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

Close
Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker