नेकपालाई कोरोना नभई सामन्य सिजनल फ्लु मात्र लागेको हो ः मन्त्री भट्टराई

उमानाथ भण्डारी
कमल , मंसिर ३÷ संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्री योगेस भट्टराईले नेकपामा कोरोना नभएर सिजनल फ्लु मात्र लागेकाले छिट्टै निकोहुने बताउनु भएको छ ।
सो कुरा आज प्रेस संगठन नेपालमा आवद्ध जिल्ला कार्यसमिति झापाका सदस्यलाई सपथ ग्रहण कार्यक्रममा शुभकामना मन्तव्यका क्रममा मन्त्री भट्टराईले यस्तो बताउनु भएको हो ।
वाहिर हल्ला भएजस्तो नेकपा भित्र केहि भएको छैन । सामाजिक सन्जालमा अनावश्यक कुरा आएकोले धेरै हल्ला भएको हो । कार्यकर्ताको हातमा पेट्रोल र पानि दुबै छ । पेट्रोल हाले आगो बल्छ पानिहाले आगो निभ्नुका साथै शितललता प्राप्त हुन्छ । त्यसैले अब पाटी को आन्तरिक छलफलाई पाटि कार्यकर्ताले आगोमा पेट्रोल हाले जस्तो गरी अनावश्यक कुरालाई सामाजिक सन्जालबाट फैलाउनेकी पानिहाले जस्तो सत्य कुरालाई मात्र वाहिर ल्याउने त्यो कुरा कार्यकर्ताको हातमा रहेको मन्त्री भट्टराईले बताउनु भयो ।

नेकपा धेरै अगाडी बढी सकेको छ अव पछाडी फर्किने ठाउ छैन । यो विषयमा पाटि अध्यक्षलाई मात्र नभएर सबै कार्यकर्तालाई चिन्ता छ । यो संकटको बेलामा पहिले सामाजिक सन्जालमा सेभ भएका अनावश्यक कुरालाई पोष्ट नगर्न समेत मन्त्री ख् भट्टराईले अनुरोध गर्नुभयो ।

प्रेस संगठन नेपालमा आवद्ध जिल्ला कार्यसमिति झापाका संयोज मुक्ति पौडेल र सह संयोजक टिकाराम उप्रेती लगायत ३९ जना सदस्यलाइ नेकपा केन्द्रिय सदस्य तथा प्रेस संगठन नेपाल प्रदेश नम्वर १ का संयोज राजन केडीले सपथ ग्रहण गराउनु भएको थियो ।
प्रेस संगठन नेपालमा प्रदेश नम्वर १ का सह संयोज सदस्य गणेश पोख्रेलले स्वगत मन्तव्यका साथै कार्यक्रमको औचित्यमाथि प्रकास पार्नु भएको थियो । कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य, प्रदेश तथा जिल्ला तहका नेता समेतको उपस्थिती रहेको थियो ।