सयपत्रीको सौन्दर्य बोकी तिहार चाड आयो बोलको म्युजिक भिडियो सार्वजनिक

उमानाथ भण्डारी
कमल , मंसिर २÷तिहारमा ढकमक्क फुलेको सयपत्री फुललाई समेटेर सयपत्रीको सौन्दर्य बोकी तिहार चाड आयो बोलको तिहार गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।
“सयपत्रीको सौन्दर्य बोकी तिहार चाड आयो झिलिमिली दियो बल्दा हाम्रो मनमा खुसी छायो” बोलको म्युजिक भिडियो कोरोनाको कहरका बिच सार्वजनिक गरिएको छ ।
स्थानिय गाउँ समाजमा खेलिने द्यौसिभैलो साथै गाउँघरका दृश्यलाई समेटेर अत्यन्तै सुन्दरदृश्यमा छायाँङ्घन गरिएको यस म्युजिक भिडियोले छोटो समयमा दर्शकको मन जित्न सफल भएको छ ।
विजय अधिकारीको शब्द रहेको म्युजिक भिडियोमा कैशाल थापा मगरले अत्यन्तै सुमधुर संगित दिनुभएको छ भने कैलाश थापा र सुशिला पाठकको मिठो स्वर रहेको म्युजिक भिडियोले छोटो समयमा दर्शकको मन जित्न सफल भएको छ ।

समन अधिकारीको निर्देशन रहेको यस म्युजिक भिडियोमा म्युजिक एरेन्ज फरज अर्पणको रहेको छ ।
तिहार गीत
गीत( सयपत्रीको…
शब्द ः विजय अधिकारी
सयपत्रीको सौन्दर्य बोकी तिहार चाड आयो
झिलिमिली दियो बल्दा हाम्रो मनमा खुसी छायो
एकताको सन्देश छर्दै शरद ऋतु मुस्कुराउँछ
उमङ्गको तरङ्गले सबमा सद्भाव जगाउँछ
दीपावलीले सजिएको छ प्यारो हाम्रो देश
दौरा सुरुवाल गुन्यु चोली हामी नेपालीको भेष
माइतीलाई पर्खिँदैछन् चेलीहरू सबै जुटी
आँगनीमा द्यौसे भैली बुढीआमा पोल्छिन् रोटी
विदेसिएका युवाहरूलाई तिहारले बोलाउँछ
स्वदेशको सम्झनाले उनीहरूको आँसु झर्छ