ब्राउन सुगरसहित दुई पक्राउ

कुमरखोद । प्रतिबन्धित लागु औषध ब्राउन सुगरसहित झापा गाउँपालिकाबाट दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा झापा गाउँपालिका—३ बस्ने २६ वर्षिय दिनेश ठाकुर र १९ वर्षिय अमर राजबंशी रहेका छन् ।

सशस्त्र प्रहरी बल टाघनडुब्बा बिओपीका प्रहरी निरीक्षक सचिन प्रधानको कमाण्डको टोलीले हिजो साँझ ६.३५ बजे राष्ट्रिय अनुसन्धान बिशेष सुराकीको आधारमा उनीहरुलाई कामाटोली बजारमा रहेको एक होटलबाट पक्राउ गरेको हो । उनीहरुलाई चेकजाँच गर्दा प्लाष्टिकमा पोको पारेर राखिएको २८.८६ ग्राम ब्राउन सुगरजस्तो देखिने खैरो पदार्थ बरामद गरिएको छ । बरामद गरिएको लागुऔषध र पक्राउ परेका दुवैजनालाई इलाका प्रहरी कार्यालय कुमरखोदमा राखेर आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले बताए ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker